stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

दशैंमा मनकामना केबलकार असोज १५ गतेदेखि १७ गतेसम्म अस्थायी रूपमा बन्द हुने

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं ।  दशैंको  अवसरमा मनकामना जाने केबलकार सेवा अस्थायी रूपमा बन्द हुने भएको छ । मनकामना केबलकार प्रा.लि.ले जारी गरेको विज्ञप्ति अनुसार महानवमी (असोज १५ गते), विजया दशमी (असोज १६ गते) र एकादशी (असोज १७ गते) का दिन केबलकार सञ्चालन अस्थायी रूपमा बन्द हुने छ ।

कम्पनीले यस अवधिमा सेवाग्राहीहरूलाई पर्न सक्ने असुविधाप्रति क्षमायाचना गर्दै नियमित सेवा असोज १८ गतेदेखि पुनः सुचारु हुने जानकारी दिएको छ ।

यात्रुहरूको सुरक्षालाई प्राथमिकता दिँदै सहज र व्यवस्थित सेवा उपलब्ध गराउन निरन्तर प्रतिबद्ध रहेको कम्पनीले विजयादशमी तथा बडादशैंको अवसरमा आफ्ना सेवाग्राही, व्यवसायिक साझेदार तथा शुभेच्छुकहरूलाई सुख, शान्ति, स्वास्थ्य र समृद्धिका लागि शुभकामना समेत व्यक्त गरेको छ ।

prabhu mahalaxmi
kumari