stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

एकै व्यक्तिले धेरै डिम्याट खाता खोल्न पाउने

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । पूँजी बजार सुधार कार्यदलले लगानीकर्तालाई दुई वा सोभन्दा बढी हितग्राही खाता (डिम्याट) खोल्न दिने सुझाव दिएको छ।

अर्थमन्त्री रामेश्वर खनाललाई प्रतिवेदन बुझाउँदै कार्यदलले यस्तो सुझाव दिएको हो । कार्यदलले लगानीकर्ताको हित र पुँजी बजारको विकासका लागि विभिन्न सिफारिसहरु गरेको छ।

कार्यदलले नेपाल स्टक एक्सचेन्ज लिमिटेडले सूचीबद्ध कम्पनीहरूको वर्गीकरणलाई थप वस्तुनिष्ठ बनाउनुपर्ने सुझाव दिएको छ।

यस वर्गीकरणपछि ‘जेड’ समूहमा पर्ने कम्पनीहरूको कारोबारमा शतप्रतिशत नगद मार्जिनको व्यवस्था गर्न पनि भनिएको छ। यसले लगानीकर्तालाई सम्भावित जोखिमबाट बचाउन मद्दत गर्नेछ।

साथै लगानीकर्ताका समस्या र गुनासोहरूलाई तत्काल सम्बोधन गर्न एउटा गुनासो व्यवस्थापन संयन्त्र स्थापना गरी सञ्चालनमा ल्याउन पनि सुझाव दिइएको छ।

धितोपत्र सम्बन्धी कसुरको जाँचबुझ समयमा र प्रभावकारी ढंगले सम्पन्न गर्नका लागि एउटा छुट्टै संयन्त्र बनाउनुपर्ने सुझाव पनि प्रतिवेदनमा समेटिएको छ।

prabhu mahalaxmi
kumari