stcnepal long ad
ime life insurance
national life
global ime bank long

एनआईएमबी एस क्यापिटलका तीन म्युचुअल फन्डद्वारा लाभांश घोषणा

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकद्वारा प्रवर्द्धन गरिएको एनआईएमबी एस क्यापिटलले सञ्चालन गर्दै आएको तीनवटा क्लोज(एन्डेड म्युचुअल फन्डले लाभांश घोषणा गरेको छ।

क्यापिटलले सञ्चालन गर्दै आएको एनआईबीएल ग्रोथ फन्ड, एनआईबीएल समृद्धि फन्ड–२ र मेगा म्युचुअल फन्ड–१ ले आफ्नो इकाईधनीलाई लाभांश वितरण गर्ने निर्णय गरेको हो।

एनआईबीएल ग्रोथ फन्डले करसहित १० प्रतिशत नगद लाभांश घोषणा गरेको छ, जसअनुसार उक्त फन्डका लगानीकर्ताले कुल १३ करोड २० लाख रुपैयाँ प्राप्त गर्नेछन्।

त्यस्तै, मेगा म्युचुअल फन्ड–१ ले ११.७५ प्रतिशत नगद लाभांश वितरण गर्ने जनाएको छ। यस अनुसार फन्डका इकाईधनीले करसहित १४ करोड ६८ लाख ७५ हजार रुपैयाँ पाउनेछन्।

एनआईबीएल समृद्धि फन्ड–२ ले भने करसहित ७ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको छ, जसअनुसार इकाईधनीले कुल १० करोड ५० लाख रुपैयाँ प्राप्त गर्नेछन्। एनआईएमबी एस क्यापिटलले नगद लाभांश प्राप्त गर्न भदौ २७ गते बुकक्लोज मिति तोकेको छ।

IME Lifesidebar
kumari