stcnepal long ad
ime life insurance
global ime bank long

सागर डिष्टिलरीले भदौ २५ गतेदेखि सर्वसाधारणलाई आईपीओ निष्काशन गर्दै

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । सागर डिष्टिलरी लिमिटेडले सर्वसाधारण लगानीकर्ताका लागि आइपीओ सार्वजनिक गर्ने मिति तय गरेको छ। कम्पनीले भदौ २५ गतेदेखि साधारण जनता लक्षित प्राथमिक सेयर निष्काशन गर्न लागेको हो।

यसअघि कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि छुट्याएको १ लाख ४५ हजार २०० कित्ता सेयर निष्काशन गरी बाँडफाँड गरिसकेको छ। जारी पूँजी ७२ करोड ६० लाख रुपैयाँ रहेको सागर डिष्टिलरीले त्यसको २० प्रतिशत बराबरको १४ लाख ५२ हजार कित्ता सेयर निष्काशन गर्न पाएको हो।

कुल निष्काशनमा सामूहिक लगानी कोषका लागि ७२ हजार ६०० कित्ता सेयर छुट्याइएको छ। त्यस्तै, कम्पनीमा कार्यरत कर्मचारीका लागि ४३ हजार ५६० कित्ता सुरक्षित राखिएको छ। बाँकी ११ लाख ९० हजार ६४० कित्ता सेयर सर्वसाधारणलाई बिक्रीमा ल्याउन लागिएको हो।

न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सकिने व्यवस्था छ। सर्वसाधारणले भदौ २९ गतेसम्म आवेदन दिन सक्नेछन्। यदि सो अवधिभित्र सम्पूर्ण सेयर माग अनुसार भर्न नसकिएमा असोज ८ गतेसम्म आवेदन दिने समय तोकिएको छ।

यस आइपीओको निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड तोकिएको छ। लगानीकर्ताले आस्बा सेवामा संलग्न बैंक तथा वित्तीय संस्थामार्फत सि–आस्बा प्रणाली प्रयोग गरी आवेदन दिन सक्नेछन्।

कम्पनीलाई इन्फोमेरिक्स क्रेडिट रेटिङ्ग नेपालले ‘आईआरएन बी प्लस(Issuer Rating)’ प्रदान गरेको छ। उक्त रेटिङ्गले कम्पनीको वित्तीय दायित्व समयमै पूरा गर्न उच्च जोखिम रहन्छ भन्ने संकेत गर्दछ।

prabhu mahalaxmi
kumari