citizens life insurance long ad
prabhu mahalaxmi
IME Life

सूर्यकोट सहकारी ७० लाख नाफा कमाउन सफल

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौ । कोटेश्वरस्थित सूर्यकोट बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १६ औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ ।

साधारण सभाको उद्घाटन गर्दै काठमाडौँ महानगरपालिका ३२ नम्बर वडा अध्यक्ष नवराज पराजुलीले पछिल्लो समय सहकारीहरुको अवस्था कमजोर बन्दै गएकोमा सूर्यकोट बचत तथा ऋण सहकारीले नाफा कमाउन सक्नु सकारात्मक पक्ष भएको बताउनुभयो । उहाँले सूर्यकोटलाई अन्य सहकारीहरुले समेत अनुकरण गर्न सक्नुपर्ने उहाँको भनाइ छ ।

कार्यक्रममा नेपाली काँग्रेसका नेता हंशराज वाग्लेले नेपालका सबै सहकारी डुबे पनि सूर्यकोटजस्ता केही सहकारीहरु उदाहरणीय बनेको बताउनुभयो । उहाँले असल नियत राखेर सञ्चालन भएका सहकारीहरु कहिल्यै घाटामा जान नसक्ने बताउनुभयो ।

संस्थाका अध्यक्ष रामशरण सुवेदीले अन्य सहकारीहरु डुबेको अवस्थामा सूर्यकोट बचत तथा ऋण सहकारीले नाफा आर्जन गर्न सक्षम भएको बताउनुभयो । उहाँले हाल सहकारीको स्थिति अत्यन्तै राम्रो रहेको बताउनुभयो ।

उहाँले संस्थासँग हाल ४५४.९७ लाख रुपियाँ रहेको जानकारी गराउँदै कुल पुँजी ४५५.३६ लाख पुगेको बताउनु भयो । अध्यक्ष सुवेदीले संस्थालाई कुनै पनि आर्थिक चुनौती सामना गर्न सक्ने बताउनुभयो । अध्यक्ष सुवेदीले आर्थिक वर्ष २०८१०८२ मा सहकारीले ७० लाख नाफा कमाउन सफल भएको बताउनु भयो ।

अध्यक्ष सुवेदीले हालसम्म सदस्यहरु एक हजार ४८२ जना पुगेको बताउनु भयो । कार्यक्रममा लेखा समिति संयोजक पीताम्बर भण्डारी, कोषाध्यक्ष बालकृष्ण पौडेलले प्रस्तुत गर्नुभएको आर्थिक प्रतिवेदन पारित गरिएको थियो ।

IME Life
kumari