stcnepal long ad
global ime bank long

एनएमबि बैंक बन्यो मादमे खोला जलविद्युतको मुख्य लगानीकर्ता

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । एनएमबि बैंकले २४ मेघावाटको मादमे खोला जलविद्युत आयोजनाको मुख्य लगानीकर्ता भई वित्तीय व्यवस्थापन गरेको छ । कास्की जिल्लाको मादी गाउँपालिकामा निर्माण भईरहेको जलविद्युत परियोजनामा एनएमबि बैंक अगुवा बैंक रहेको छ ।

त्यस्तै, सह–वित्तीयकरणमा सहभागी अन्य बैंक तथा वित्तीय संस्थाहरुमा कर्मचारी सञ्चय कोष, एनआईसी एशिया बैंक र प्रभु बैंक रहेका छन् ।

२४ मेघावाट क्षमता भएको मादमे खोला जलविद्युत आयोजनाको कुल लागत ४ अर्ब ४८ करोड रूपैयाँ रहेको छ । जसमध्ये बैंकहरुको लगानी कुल ३ अर्ब ३२ करोड रूपैयाँको हुनेछ ।

यो आयोजनासँगै एनएमबि बैंकले कुल ४२ वटा जलविद्युत आयोजनाहरुमा लगानी गरिसकेको छ ।

IME Lifesidebar
kumari