stcnepal long ad
global ime bank long

हरितालिका तिजमा पशुपतिका चारै ढोका खुला हुने

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । पशुपति क्षेत्र विकास कोषले भदौ १० गते हरितालिका तीजका अवसरमा पशुपतिनाथको दर्शन गर्न आउने भक्तजनका लागि पशुपति क्षेत्रमा सबै तयारी पूरा गरेको जनाएको छ।

कोषले गत भदौ ८ गते पत्रकार सम्मेलनको आयोजना गर्दै हरितालिका तिजको अवसरमा पशुपति दर्शन गर्न आउने दर्शनार्थीहरूका लागि सबै तयारी पूरा गरेको जानकारी दिएको छ।

मन्दिरको दर्शनका लागि पहिलो लाइन गुहेश्वरी–गौरीघाट–उमाकुण्ड–दक्षिणामूर्ति–रुद्रगाडेश्वर–वासुकी हुँदै उत्तर ढोकाबाट पशुपतिनाथ मन्दिर दर्शन गर्ने, दोस्रो लाइन मित्रपार्क जयवागेश्वरी–भुवनेश्वरी–शङ्कराचार्य मठ हुँदै फलामेपुल–पश्चिम सानो ढोकाबाट पशुपति मन्दिर दर्शन गर्न प्रवेश गर्ने व्यवस्था मिलाइएको पशुपति विकास कोषका सूचना अधिकारी अनिता भट्टले जानकारी दिएकी छिन।

यसैगरी तेस्रो लाइन पिङ्गलास्थान–वनकाली–चार शिवालय हुँदै पञ्चदेवल पूर्व–बज्रघर–दक्षिण ढोकाबाट पशुपतिनाथ दर्शन गर्ने र चौथो लाइन बत्तीसपुतली–गौशालातर्फबाट बागमति नदी पूर्व किनार हुँदै आर्यघाट नजिकको पुल तरेर पूर्व ढोकाबाट प्रवेश र बाहिरिने व्यवस्था मिलाइएको भट्टले जानकारी दिएकी छिन्।

दर्शनार्थीले छिटो दर्शन गरी फर्कन सक्ने गरि बिहान ३ बजेदेखि नै पशुपतिनाथको मन्दिरका चारवटै ढोका खोल्ने भट्टले बताइन्। उनले हरितालिका तिजको पशुपतिनाथ मन्दिर दर्शनको भिडभाडमा चोरी,लुटपाट र पकेटमारीको घटना हुन नदिन भक्तजनलाई बहुमूल्य गरगहना लगाएर नआउन र सानाबालबालिका भिडभाडमा च्यापिने र हराउन सक्ने हुँदा सकेसम्म साना बालबालिका साथमा लिएर नआउन अनुरोध गरेकी छिन्।

त्यस्तै पशुपति क्षेत्र विकास कोषका निमित्त सदस्य सचिव सुभाष चन्द्र जोशीले हरितालिका तिजका दिन बिहान तीन बजेदेखिनै पशुपतिको चावटा ढोकाबाट प्रत्येक दुई सेकेन्डमा ८ जना भक्तजनले दर्शन गर्न सक्ने व्यवस्था मिलाइएको जानकारी दिएका छन।

उनले शिष्ट र सभ्य पहिरनमा मन्दिर दर्शनका लागि आउन आग्रह गरेका छन। बागमती नदी किनारमा पानीको बहाव बढेकाले विपद् प्रतिकार्य टोली खटाइएको पनि जोशीले जानकारी दिएका छन्।

यसैगरी भक्तजनको सवारी पार्किङका लागि सिफलचौर, तिलगङ्गाको खाली स्थान, कोषको कार्यालय परिसरमा व्यवस्था गरिएको छ। ज्येष्ठ नागरिक, असक्त, वृद्धवृद्धा, बिरामी र काखे बालक बोकेका महिलाहरूका लागि सहज रूपमा दर्शनको व्यवस्था मिलाइएको कोषका निमित्त सदस्य सचिव जोशीले जानकारी दिएका छन। (निरज रन्जित)

IME Lifesidebar
kumari