stcnepal long ad
ime life insurance
global ime bank long

एभरेष्ट इन्जिनियरिङ कलेजमा स्वाट तालिम सम्पन्न

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

पोखरा । पोखरा विश्वविद्यालयको सम्बन्धनमा इन्जिनियरिङ विधामा स्नातक र स्नातकोत्तर तहमा उत्कृष्ट शिक्षा दिइरहेको ललितपुर सानेपामा सञ्चालित एभरेष्ट इन्जिनियरिङ कलेजमा दश दिने स्वाट तालिम सफलतापूर्वक सम्पन्न भएको छ।

हिमाली जलाधारमा स्वाटको प्रयोग शिर्षकमा भएको उक्त तालिममा एभरेष्ट इन्जिनियरिङ कलेजका सिभिल इन्जिनियरिङका शिक्षक सहित अन्य विभिन्न संस्थाका प्रशिक्षार्थीहरू तथा भर्खर स्नातक अध्ययन पुरा गरेका विद्यार्थीहरू समेत गरी जम्मा दश जना प्रशीक्षार्थीहरूले तालिमबाट लाभ लिएका थिए।

हिमाली जलाधारको अध्ययन जटिल हुने तर स्वाट सफ्टवेयरको प्रयोगबाट ती जलाधारहरूको विस्तृत अध्ययन गर्न सकिने भएकोले नेपाल र अन्य देशहरूमा स्वाट सफ्टवेयरको प्रयोग बढ्दै गएको छ।

भौगोलिक विविधतालाई जस्ताको तस्तै कम्पुटरमा प्रतिबिम्बित गर्न सकिने भएकोले स्वाटको प्रयोगबाट प्राप्त परिणाम धरातलीय यथार्थसँग मिल्ने हुँदा यस सफ्टवेयरको प्रयोगबाट बाढी तथा दुबान जस्ता घटनाहरू घट्न अगाडि नै घटनाको मात्रा अनुमान गर्न सकिन्छ।

जलाधारको माथिल्लो भागमा कति पानी पर्दा तल्लो भागमा कति ठूलो बाढी आउँछ भन्ने जानकारी प्राप्त भयो भने समय मै अग्रिम चेतावनी दिन सकिने र यसबाट बाढी तथा दुबानबाट हुने क्षति न्यूनिकरण गर्ने सकिन्छ।

नेपाल तथा अन्य देशका वातावरण विद् तथा इन्जिनियरहरू माझ लोकप्रिय स्वाट सफ्वेयरको तालिम प्राप्त गरेपछि प्रशिक्षार्थीहरूमा आत्मविश्वास बढेको प्रशिक्षार्थीहरू आफैले बताए। कयौं प्रशिक्षार्थीहरू आफै शिक्षक समेत भएकोले ती प्रशिक्षार्थीहरूले आगामी सेमेष्टरहरूमा विद्यार्थीहरूलाई स्वाट प्रयोग गरी प्रोजेक्ट गर्न लगाउने जनाए।

आफ्नो विद्यावारिधी अध्ययनमा तथा कन्सल्टिङ काममा समेत स्वाट सफ्टवेयर प्रयोग गर्न सकिने जानकारी दिँदै केही प्रशिक्षार्थीहरूले तालिम सञ्चालन गरेकोमा एभरेष्ट इन्जिनियरिङ कलेजलाई धन्यवाद समेत दिए। केही प्रशिक्षार्थीहरूले यस सफ्टवेयरको प्रयोग गर्ने गरी अनुसन्धान प्रस्तावहरू पेश गर्ने जनाए।

स्वाट सफ्टवेयरको प्रयोगमा विज्ञता हासिल गरिसक्नु भएका जलविद्युत इन्जिनियर रूपेश बानिया यस तालिम कार्यक्रममा प्रमुख प्रशिक्षक थियो। सबै प्रशिक्षार्थीहरूको ल्यापटपमा स्वाट सफ्टवेयर इन्स्टल समेत भएकोले प्रशिक्षार्थीहरूले तुरन्तै उक्त तालिमबाट फाइदा लिन सकिने भएको छ।
आज आयोजित तालिम समापन कार्यक्रममा एभरेष्ट इन्जिनियरिङ कलेजका प्रमुख कार्यकारी अधिकारी अरूण कुमार भण्डारी तथा सहायक प्रिन्सिपल इन्जिनियर राजन लामाले सफल प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र वितरण गरेका थिए।

कार्यक्रममा कलेजका सिभिल इन्जिनियरिङ विभागका विभागीय प्रमुख इन्जिनियर रोमहर्ष ओली, कम्प्युटर इन्जिनियरिङ विभागका विभागीय प्रमुख इन्जिनियर मुकुन्द पौडेल, स्नातकोत्तर कार्यक्रम संयोजक इन्जिनियर नारायण सापकोटा, वरिष्ठ लेक्चरर राजेन्द्र भट्टराई तथा प्रशासन प्रमुख एकराज आचार्यले सफल प्रशिक्षार्थीहरूलाई बधाई दिएका थिए।

कार्यक्रमको समापन कार्यक्रममा प्रशिक्षार्थीहरूले तालिम सञ्चालन व्यवस्थापनबाट आफूहरू उत्साहित भएको तथा भविष्यमा जलवायु परिवर्तन, एआईको प्रयोग तथा हाइड्रोलिक मोडलिङमा समेत यस्तै खालको तालिम सञ्चालन गर्न आग्रह गरेका थिए।

एभरेष्ट इन्जिनियरिङ कलेजले आफ्ना स्नातक तथा स्नातकोत्तर तहमा अध्ययनरत विद्यार्थीहरूको लागि यस प्रकारका व्यवहारिक तथा कम्पनीहरूलाई काम लाग्ने तालिमहरू नियमित रूपमा सञ्चालन गर्ने गरेकोले एभरेष्ट इन्जिनियरिङ कलेजका विद्यार्थीहरूलाई प्रमाणपत्र प्राप्त गर्ने वित्तकै काम पाउन सजिलो भएको छ।

prabhu mahalaxmi
kumari