अर्थ मन्त्रालयका १२ सहसचिव सरुवा
काठमाडौं । अर्थ मन्त्रालयका १२ जना सहसचिवको जिम्मेवारी हेरफेर भएको छ। यसअनुसार सम्पत्ति शुद्धिकरण विभागबाट अर्थ मन्त्रालयमा सरुवा भएका सुमन दाहाल बजेट तथा कार्यक्रम महाशाखा प्रमुख भएका छन्।
भन्सार विभागका महानिर्देशक महेश भट्टराई आर्थिक नीति विश्लेषण महाशाखामा सरुवा भएका छन्। टंकप्रसाद पाण्डेले योजना महाशाखाको जिम्मेवारी पाएका छन्।
अर्थ मन्त्रालयका प्रवक्ता श्यामप्रसाद भण्डारी भन्सार विभागको महानिर्देशक बनेका छन्। टंकनाथ लम्साल त्रिभुवन विमानस्थल भन्सार कार्यालयको प्रमुख बनेका छन् भने भरतमणि पाण्डे भन्सार विभागको उपमहानिर्देशक बनेका छन्।
दिपक लामिछानेलाई विरगञ्ज भन्सार कार्यालयबाट महालेखा नियन्त्रण कार्यलय, रमेश अर्याललाई ठूला करदाता कार्यालयबाट आन्तरिक राजश्व विभागमा उपमहानिर्देशक, जनक शर्मा भन्सारबाट आन्तरिक राजश्व उपमहानिर्देशकको जिम्मेवारीमा पुगेका छन्।
पदमकुमार श्रेष्ठ आन्तरिक राजश्व विभागको उपमहानिर्देशकबाट मध्यमस्तरीय करदाता कर्यालय र विष्णुप्रसाद ज्ञवाली विरगञ्ज भन्सार कार्यलय प्रमुख बनेका छन्।























