stcnepal long ad
global ime bank long

नेशनल लाइफ इन्स्योरेन्सको वित्तीय विवरणमा उल्लेख्य प्रगति

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म ४१ करोड २८ लाख रुपैयाँ खुद नाफा कमाएको छ। अघिल्लो आर्थिक वर्षको यसै अवधिसम्म ९४ करोड २८ लाख रुपैयाँ खुद नाफा कमाएको कम्पनीले गत आर्थिक वर्षमा ५६.२२ प्रतिशत कम नाफा कमाएको हो।

नाफामा संकुचन आए तापनि कम्पनीको व्यवसायमा भने वृद्धि भएको वित्तीय विवरणमा देखिएको छ। अघिल्लो आर्थिक वर्षको अन्त्यसम्म २० अर्ब ६ करोड रुपैयाँ खुद बीमाशुल्क कमाएको कम्पनीले गत आवको अन्त्यसम्म भने ७ प्रतिशतको वृद्धि सहित २१ अर्ब ४७ करोड रुपैयाँ खुद बीमाशुल्क कमाएको छ।

त्यसैगरी अघिल्लो वर्ष कम्पनीको जीवन बीमाकोष ७९ अर्ब १ करोड रुपैयाँ मात्रै रहेकोमा गत आर्थिक वर्षमा १३.८० प्रतिशतको वृद्धि गर्दै ८९ अर्ब ९१ करोड रुपैयाँको बीमाकोष खडा गर्न सफल भएको छ।

यता कम्पनीले अघिल्लो वर्ष आफ्ना बीमितहरूलाई कुल ८ अर्ब ३२ करोड रुपैयाँको दाबी भुक्तानी दिएकोमा गत आर्थिक वर्षमा ३२.९४ प्रतिशतले वृद्धि गर्दै ११ अर्ब ७ करोड रुपैयाँको दाबी भुक्तानी दिएर आफूलाई बीमित मैत्री कम्पनी साबित गर्न अग्रसर भएको छ।

गत वर्ष कम्पनीले २८ अर्ब ६४ करोेड रुपैयाँ कुल आम्दानी गरेको छ जुन अघिल्लो वर्ष कम्पनीले गरेको कुल आम्दानी २७ अर्ब १ करोड रुपैयाँको तुलनामा झण्डै ६ प्रतिशत बढी हो।

आम्दानीसँगै कम्पनीको कुल खर्च पनि ९.१० प्रतिशतले बढेर २७ अर्ब ४२ करोड रुपैयाँ पुगेको छ जुन अघिल्लो वर्ष २५ करोड १४ लाख रुपैयाँ थियो।

यता कम्पनीले अभिकर्तालाई प्रोत्साहन गर्नका लागि अभिकर्तालाई दिने कमिशनमा पनि २९.४० प्रतिशतको वृद्धि गर्दै २ करोड १८ लाख रुपैयाँको कमिशन बाँडेको छ। कम्पनीले अघिल्लो वर्ष अभिकर्तालाई १ करोड ६८ लाख रुपैयाँ कमिशन बाँडेको थियो।

कम्पनीको प्रतिशेयर आम्दानी १८.८१ रुपैयाँबाट घटेर ७.९२ रुपैयाँमा झरेको छ भने प्रतिशेयर नेटवर्थ १२९.७२ रुपैयाँ कायम भएको छ।

चुक्ता पूँजी ५ अर्ब १ करोड रुपैयाँबाट ९.२० प्रतिशतले बढेर ५ अर्ब ४७ करोड रुपैयाँ पुगेको कम्पनीको महाविपत्ति कोषमा ६६ करोड ७२ लाख रुपैयाँ, शेयर प्रिमियम २७ करोड ८४ लाख रुपैयाँ र जगेडा कोषमा ५१ करोड रुपैयाँ रहेको छ।

IME Lifesidebar
kumari