stcnepal long ad
ime life insurance
national life
global ime bank long

लक्ष्मी म्युचुअल फण्ड अन्तर्गत शुभ लक्ष्मी कोषको लाभांश घोषणा

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । लक्ष्मी सनराइज बैंक कोष प्रवद्र्धक तथा लक्ष्मी सनराइज क्यापिटल लिमिटेड योजना व्यवस्थापक तथा डिपोजिटरी रहेको लक्ष्मी म्युचुअल फण्डअन्तर्गत सञ्चालित ‘शुभ लक्ष्मी कोष’ले लाभांश घोषणा गरेको छ ।

साउन १२ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष ०८१/०८२ का लागि उक्त योजनाका इकाइधनीलाई करसहित १६ प्रतिशत प्रतिफल (लाभांश) वितरण गर्ने निर्णय गरेको हो ।

यसका लागि मंगलबार (साउन १३) एक दिन बुक क्लोज हुने भएकाले अघिल्लो दिनसम्म कायम रहेका इकाइधनीले मात्रै लाभांश पाउनेछन् । खुलामुखी यस योजनामा लगानीकर्ताले पुनः प्रतिफल रकम लगानी गर्न सक्नेछन् ।

पुनः लगानी योजनामा सहभागी नहुने इकाइधनीको लाभांशबापतको रकम हितग्राही खातामा उल्लेखित बैंक खातामा जम्मा गरिने क्यापिटलले जनाएको छ ।

IME Lifesidebar
kumari