stcnepal long ad
ime life insurance
national life
global ime bank long

नाईमा मोबिलिटी एक्स्पोमा ३५ नयाँ मोडलका सवारी सार्वजनिक हुने

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौ । नेपाल अटोमोबाइल्स इम्पोटर्स एन्ड म्यानुफेचरर्स एशोसिएनलको आयोजनामा हुने एक्स्पोमा विभिन्न ३५ वटा नयाँ मोडेलका सवारी साधन सार्वजनिक हुने भएको छ ।

एशोसियशनले काठमाडौमा आज पत्रकार सम्मेलन गरी यस विषयमा जानकारी दिएको हो । एक्स्पो साउन २१ देखि २५ गतेसम्म भृकुटीमण्डपमा हुँदैछ । पहिलो पटक हुन लागेको एक्स्पोमा कुल ५० वटा स्टल रहनेछन् । त्यसमा २१ वटा चारपांग्रे, १८ वटा २ पांग्रे र ९ वटा कमर्सियल गाडीका स्टल हुनेछन् ।

पत्रकार सम्मेलनमा नाईमाकी अध्यक्ष ऋतुसिंह वैद्यले अटो एक्सपोको तयारीपूरा भएको जानकारी दिँदै यो एक्स्पो नेपालकै ठुलो एक्स्पो हुने दावी गरेकी छन् ।

एक्स्पोलाई अटोमोबाईल क्षेत्रकै चार्डपर्वको रुपमा हेरिने भएकोले व्यवस्थापनमा चुक्न नदिने उनले बताईन् । एक्स्पो अवधिभर दैनिक अटोमोबाइल क्षेत्रको विषयमा छलफल कार्यक्रम चलाईने पनि पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

अटो एक्स्पोका संयोजक सिरिस मुरारकाले ३५ नयाँ मोडलका सवारी साधन सार्वजनिक हुने बताएका छन् । उनले एक्स्पोमा आउने अवलोकनकर्ताका सवारी साधन प्रदशनी स्थलसंगै रहेको पुलिस क्लबमा पार्किङ् गर्न मिल्नेगरी व्यवस्था मिलाइएको बताए ।

एक्सपोमा अटोमोबाईल कम्पनीसंगै बैंक, इन्स्योरेन्स र कम्पोनेन्ट कम्पनीहरूको पनि सहभागीता रहनेछ ।

एक्स्पोमा चारपांग्रे मध्ये बीवाईडी, एमजी, ओमडा जेको, महिन्द्रा, टोयटा, सिट्रोन, फोरथिङ, ग्रेटवाल मोटर्स, हेनरी भोल्टस्, हुन्डाई, काई, किया, लिपमोटर, मेक्सस, माज्दा, मित्सुवि, निसान, प्युजोट, पोट्रोन, रेनो, फक्सवागन, जिकर ब्रान्डको सवारी साधन आकर्षणका रुपमा रहनेछन् ।

दुई पांग्रेमा बजाज, बेनली, एथर, सिएफमोटो, गोगोरो, होन्डा, केटिएम, महिन्द्रा, एनआईयु, रोयलइन्फिल्ड, सेगवे, सुजुकी, ट्राइम्प, टिभिएस, यज्दा, जिहो ब्रान्ड सहभागी हुँदैछन्।

कमर्सियल भेहिकलमा चेरी वान्डा, डोङफेङ, फारिजोन, हुजी, कामा, क्यारि, किङलङ, सनलग ब्रन्डले आफ्ना उत्पादन शोकेश गर्नेछन् ।

IME Lifesidebar
kumari