stcnepal long ad
ime life insurance
national life
global ime bank long

लिट्मस केबल्सको “पावर पार्टनर्स मीट २०८२” सफतापूर्वक सम्पन्न

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडों । नेपालको वायर तथा केबल उद्योगको एक अग्रणी नाम लिट्मस इन्डस्ट्रीज लिमिटेडले आफ्नो तेस्रो “पावर पार्टनर्स मिट २०८२” काठमाडौंमा सफलतापूर्वक सम्पन्न गरेको छ ।

कार्यक्रममा देशभरबाट करिब २०० जना डिलर, वितरक तथा च्यानल पार्टनरहरूको उपस्थिति रहेको थियो ।

कार्यक्रममा कम्पनीको प्रस्तुति, डिलरहरूसँगको प्यानल छलफल तथा उपलब्धिमूलक नेटवर्किङ सेसनको आयोजना गरिएको थियो ।

लिट्मसले आफ्नो पाँच दशक लामो यात्रा, वर्तमान बजार उपस्थिति, प्रमुख उपलब्धिहरू र भावी योजनाहरू प्रस्तुत गर्दै गुणस्तर, अत्याधुनिक प्रविधि र नवप्रवर्तनप्रतिको आफ्नो प्रतिबद्धता व्यक्त गरेको थियो ।

उत्कृष्ट योगदानको कदरस्वरूप कम्पनीले राइजिङ स्टार, पेमेन्ट एक्सिलेन्स, लिट्मस एक्सिलेन्स अवार्डसहित १० विधामा देशभरका उत्कृष्ट डिलरहरूलाई सम्मानित गरेको थियो ।

यसले लिट्मसको सफलता र समृद्धिमा विश्वास, सहकार्य र बलियो साझेदारीको महत्वलाई अझ प्रस्ट पारेको थियो ।

त्यसै अवसरमा, लिट्मसले “श्रावण उत्सव” अभियानको घोषणा गर्दै डिलरहरूलाई आकर्षक स्किममार्फत दुबई र थाइल्याण्ड भ्रमण तथा चाँदीका सिक्का जित्ने अवसर प्रदान गर्ने जानकारी गराएको थियो ।

 

IME Lifesidebar
kumari