stcnepal long ad
ime life insurance
national life
global ime bank long

अब स्थानीय तहका निकायहरुको वाणिज्य बैंकमा खाता खोल्न राष्ट्र बैंकको थप अनुमति नचाहिने

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । अब स्थानीय तहअन्तर्गतका विभिन्न निकायहरुको खाता वाणिज्य बैंकहरुमा खाता खोल्न नेपाल राष्ट्र बैंकबाट थप स्वीकृति लिनु नपर्ने भएको छ।

केन्द्रीय बैंकले सरकारी कारोबार निर्देशका, २०७६ (दोस्रो संशोधन, २०८१) बमोजिम अब स्थानीय तह अन्तर्गतका समिति, बोर्ड र कोषको ग समूहको राष्ट्र बैंकबाट अनुमति प्राप्त वाणिज्य बैंकहरुमा खाता सञ्चालन गर्न थप स्वीकृति लिनु नपर्ने भएको हो। यसअघि राष्ट्र बैंकको अनुमतिपछि मात्रै यस्ता खाता सञ्चालन गर्न पाइन्थ्यो।

केन्द्रीय बैंकले आज एउटा परिपत्र जारी गर्दै सरकारी कारोबार गर्न स्वीकृति प्राप्त वाणिज्य बैंकहरुलाई यो व्यवस्था कार्यान्वयन गर्न निर्देशन दिएको छ।

IME Lifesidebar
kumari