stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

ईसेवा मनि ट्रान्सफर र जापानको यहेई रेमिटबिच सम्झौता

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । रेमिट्यान्स सेवा प्रदायक ईसेवा मनि ट्रान्सफर र जापानस्थित यहेई रेमिटबिच रेमिट्यान्स भुक्तानी सम्बन्धी सम्झौता भएको छ ।

उक्त सम्झौतामा ईसेवा मनि ट्रान्सफरका प्रमुख कार्यकारी अधिकृत अजेश कोइराला र यहेई रेमिटका प्रबन्ध निर्देशक नवीन निउरेले हस्ताक्षर गरेका हुन् ।

यस सहकार्यले रेमिट्यान्स सेवामा पहुँच र दक्षता अभिवृद्धि गर्ने लक्ष्य लिएको र अब जापानमा बसोबास तथा रोजगारीमा रहेका नेपालीहरूले यहेई रेमिटको मोबाइल एप प्रयोग गरी नेपालमा रहेका आफ्ना परिवारजनलाई ईसेवा मनि ट्रान्सफर मार्फत सजिलै रेमिट्यान्स पठाउन सक्नेछन् ।

यहेई रेमिट मार्फत जापानबाट पठाइएको रकम नेपालमा रहेका प्राप्तकर्ताहरूले ईसेवा मनि ट्रान्सफरका १३ हजार ८०० भन्दा बढी भुक्तानी केन्द्रहरू, बैंक तथा वित्तीय संस्थाहरू, साथै ईसेवाका १,००,००० भन्दा बढी क्यास प्वाइन्ट तथा ईसेवा वालेट मार्फत सहज रूपमा प्राप्त गर्न सक्नेछन् ।

prabhu mahalaxmi
kumari