stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

राप्ती हाइड्रो जनरल कन्स्ट्रक्सनको हकप्रद शेयर लिलाम बिक्रीमा

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । राप्ती हाइड्रो जनरल कन्स्ट्रक्सन लिमिटेडले अवितरित ७ लाख ४ हजार १११ कित्ता हकप्रद शेयर लिलाम बिक्रीमा राखेको छ।

जसमध्ये ५ लाख ६४ हजार १० कित्ता शेयर लकइनमा छैन भने बाँकी १ लाख ४० हजार १०१ कित्ता शेयर लकइनमा रहेको छ। यस्तो लकइन अवधि यही साउन ८ गते सकिनेछ।

कम्पनीले उक्त शेयर प्रतिकित्ता न्यूनतम १०० रुपैयाँमै बिक्री गर्न लागेको हो। यसमा आवेदन दिंदा घटीमा १०० कित्ता र बढीमा सम्पूर्ण कित्ताका लागि आवेदन दिन सकिनेछ। अर्थात् कम्तीमा १० हजार रुपैयाँ लाग्नेछ।

यसमा साउन १३ गतेदेखि साउन २० गतेसम्म गोप्य शिलबन्दी बोलपत्र पेश गर्नु पर्नेछ। यस्तो बोलपत्र काठमाडौंको नक्सालस्थित मुक्तिनाथ क्यापिटल लिमिटेडको कार्यालय पाइनेछ।

यसका साथै मुक्तिनाथ विकास बैंकको ठिमी, कुमारीपाटी, बिर्तामोड, विराटनगर, जनकपुर, नारायणगढ, चिप्लेढुंगा, बाग्लुङ, बुटवल, घोराही, नेपालगंज, विरेन्द्रनगर, धनगढी र महेन्द्रनगर शाखा कार्यालयमा उपलब्ध हुनेछ।

यसमा कम्पनीको संस्थापक शेयरधनी, सर्वसाधारण, कम्पनी, संघसंस्था सबैले आवेदन दिन सक्नेछन्।

prabhu mahalaxmi
kumari