शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले हकप्रद जारी गर्न नपाउने
काठमाडौं । नेपाल राष्ट्र बैंकले शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको हकप्रद निष्काशन गर्ने प्रस्ताव अस्वीकृत गरेको छ ।
बैंकको एघारौं वार्षिक साधारण सभाले चुक्ता पूँजीको चार बराबर एक अर्थात २५ प्रतिशत हकप्रद शेयर निष्काशनको प्रस्ताव पारित गरेर राष्ट्र बैंकमा निवदेन दिएको थियो ।
आ।व २०७५/७६ को मुनाफाबाट चुक्ता पूँजी २ अर्ब ६२ करोड २९ लाख ४ हजार १२३ रुपैयाँको १५ प्रतिशत बोनस शेयर वितरण गरेको बैंकको चुक्ता पूँजी ३ अर्ब १ करोड ६३ लाख ३९ हजार ७४२ रुपैयाँ छ ।


























