stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

नेकपामा पदको हानथाप, ओझेलमा सीमा मुद्दा

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपालले लिम्पियाधुरा, कालापानी, लिपुलेक समेटेर नक्सा जारी गरेको दुई महिना नाघ्यो। तर, भारतले ती भूभाग नेपाललाई सुम्पिनुको साटो सडकलगायत संरचना विस्तार गर्दै छ ।

त्यसमाथि आफ्नै भूमिमा नेपालीलाई जान रोक लगाउन भन्दै पत्राचार गर्छ। तर, नेपालले आफ्नो भूमि वास्तविक रूपमा फिर्ता लिन जति सक्रियता देखाउनु पथ्र्यो त्यस्तो देखिएको छैन ।

खासगरी सत्तारूढ दल नेकपामा किचलोका कारण लिम्पियाधुरा, लिपुलेक र कालापानीसम्बन्धी मुद्दा ओझेलमा परेको छ । नयाँ नक्सा जारी गरी संविधान संशोधन मार्फत अनुमोदन गरिसके पनि भारतसँग वार्ताको वातावरण बनेको छैन।

चीनले यो विषयलाई उछालेको भन्दै भारतले नेपालको नयाँ नक्सा अस्वीकार गरेको छ। यही कारण देखाउँदै आफू नेतृत्वको सरकार परिवर्तन गर्न भारत लागिपरेको अभिव्यक्ति प्रधानमन्त्री केपी शर्मा ओलीले दिए । नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल भारत होइन, आफूले राजीनामा मागेको भन्दै खण्डनमा उत्रिए।

सबै मिलेर सीमा समस्या सल्टाउन लाग्नुपर्ने बेला सत्तारूढ दलमा पदको हानथाप छ। नक्सा जारी गर्ने, संविधान संशोधनबाट अनुमोदन गर्ने बेला देश एकजुट भएको थियो । उसरी नै त्यसलाई निक्र्योलमा पु¥याउन लाग्नुपर्ने हो। तर, सत्ता–संघर्षमा लाग्दा सीमाको मुद्दा कमजोर बनिरहेको छ । त्यसमाथि नक्सा जारी गरेको जस लिन पनि सत्तारूढमा होडबाजी देखिन्छ। सत्तारूढ नेता एकार्कामा हिलो छ्यापाछ्याप गर्न लागिरहेका छन्।

पार्टीभित्रको विवादबीच पनि सरकारले तीन पटकभन्दा बढी भारतसँग वार्ताको प्रस्ताव गरिसकेको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बताउँदै आएका छन्। तर, भारतले टेरपुच्छर लगाएको छैन। सीमाविद् तथा कूटनीतिक जानकार भारत आफूसँग दह्रो प्रमाण नभएका कारण वार्तामा आउन नचाहेको निष्कर्षमा छन् । त्यसमा सत्तारूढ दलको सत्ता संघर्षले पनि वार्तामा लाग्न अवरोध गरेको उनीहरूको बुझाइ छ । यो समाचार आजको अन्नपूर्ण पोष्ट दैनिकमा छापिएको छ ।

prabhu mahalaxmi
kumari