stcnepal long ad
ime life insurance
global ime bank long

एशियन लाइफको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

prabhu mahalaxmi
IME Lifesidebar
Nimb long ad

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको लाभांश सुरक्षित गर्ने आज असार १९ गते अन्तिम दिन हो।

कम्पनीले साधारणसभा तथा लाभांश वितरण प्रयोजनका लागि भोलि असार २० गते बुक क्लोज गर्दैछ। यसर्थ आजसम्म नेप्सेमा यस कम्पनीको शेयर खरीद गरेका शेयरधनी मात्रै उक्त सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन्।

कम्पनीको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको संचित नाफाबाट हाल कायम चुक्ता पूँजी ३ अर्ब ३९ करोड ९८ लाख ३६ हजार रुपैयाँको ५.१० प्रतिशत (१७ करोड ३३ लाख ९१ हजार रुपैयाँ) बोनस शेयर र ०.२६८४ प्रतिशत (९१ लाख २५ हजार रुपैयाँ) बराबर नगद लाभांश (कर समेत) शेयरधनीलाई वितरण गर्ने प्रस्ताव गरेको छ।

साधारण सभाले गत आर्थिक वर्ष ९आव० को वार्षिक प्रतिवेदन, लेखापरीक्षक प्रतिवेदन सहितका अन्य वित्तीय विवरणहरू पारित गरी चालू आवको लागि लेखापरीक्षकको नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्नेछ।

त्यसैगरी संस्थापक शेयरधनी (समूह क) को तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने ३ जना, सर्वसाधारण शेयरधनी (समूह ख) बाट २ जना र १ जना स्वतन्त्र सञ्चालकको निर्वाचन गर्नेछ।

बोनस शेयर वितरणपछि जारी तथा चुक्ता पूँजी बढ्ने भएकाले र नियमनकारी निकायबाट निर्देशन भए बमोजिम कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अधिकार दिने प्रस्ताव पनि सोही सभाले पारित गर्नेछ।

कम्पनीले असार ३० गते सोमबार बारास्थित होटल इच्छा सिमरामा दिउँसो १ बजे १७औं वार्षिक साधारण सभा बोलाएको छ।

prabhu mahalaxmi
kumari