stcnepal long ad
ime life insurance
national life
global ime bank long

आज असार १८ गतेदेखि विकास हाइड्रोपावरको आईपीओ निष्कासन तथा बिक्री खुला

कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकको काम प्रभु क्यापिटलले गरेको छ ।

prabhu mahalaxmi
IME Lifesidebar
Nimb long ad

काठमाडौं । विकास हाइड्रोपावर लिमिटेडले आज (असार १८ गते) देखि सर्वसाधारणमा आईपीओ निष्कासन तथा बिक्री खुला गर्दैछ ।

कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा गएका नेपालीहरुका लागि आईपीओ निष्कासन गरी बाँडफाँट गरेपछि दोस्रो चरणमा सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्न लागेको हो ।

कम्पनीले नेपाल धितोपत्र बोर्डबाट जारी पुँजी ९० करोड ९१ लाख १ हजार ३०० रुपियाँको ४९ प्रतिशत अर्थात् ४४ करोड ५४ लाख ५९ हजार ६०० रुपियाँबराबरको ४४ लाख ५४ हजार ५९६ कित्ता शेयर निष्कासन गर्ने अनुमति पाएको थियो ।

जसमध्ये प्रतिकित्ता १०० रुपियाँमा ९ लाख ९ हजार १०१ कित्ता शेयर आयोजना प्रभावित तथा वैदेशिक रोजगारीमा गएका नेपालीमा असार ५ गते बाँडफाँट गरिसकेको छ ।

त्यस्तै, कम्पनीले ७० हजार ९१० कित्ता साधारण शेयर कर्मचारीहरुका लागि र १ लाख ७७ हजार २७५ कित्ता शेयर सामूहिक लगानी कोषहरुका लागि सुरक्षित गरी बाँकी रहेको २९ लाख ४२ हजार ७६० कित्ता शेयर सर्वसाधारणका लागि निष्काशन गर्न लागेको हो ।

लगानीकर्ताले घटीमा १० कित्ता र बढीमा १० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । निष्कासन बन्द छिटोमा असार २२ र ढिलोमा ३२ गते बन्द हुनेछ । कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकको काम प्रभु क्यापिटलले गरेको छ ।

prabhu mahalaxmi
kumari