stcnepal long ad
ime life insurance
global ime bank long

बिजबजार र बन्दीपुर केबलकार बीच सहकार्य: सेवाग्राहीलाई आकर्षक छुट योजना घोषणा

prabhu mahalaxmi
IME Lifesidebar
Nimb long ad

काठमाडौं । नेपाली ई–कमर्श प्लेटफर्म बिजबजार लिमिटेड र पर्यटकीय गन्तव्य बन्दीपुरमा अवस्थित बन्दीपुर केबलकार एण्ड टुरिजम लिमिटेडबिच बजार प्रवर्द्धन सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ ।

२०८२ साल जेठ २१ गते सम्पन्न उक्त सम्झौतामा बिजबजारको तर्फबाट प्रमुख कार्यकारी अधिकृत उत्सव ढकाल र बन्दीपुर केबलकारको तर्फबाट महाप्रबन्धक रोमन मान श्रेष्ठले हस्ताक्षर गर्नुभएको छ।

सो सम्झौता अनुसार बिजबजारका ग्राहकहरूले बन्दीपुर केबलकारको टिकटमा २५ प्रतिशतको विशेष छुट प्राप्त गर्न सक्नेछन्। त्यस्तै, बन्दीपुर केबलकारका सेवाग्राहीहरूले बिजबजारमार्फत सामान खरिद गर्दा फ्ल्याट १५ प्रतिशतको छुट प्राप्त गर्नेछन् ।

उक्त साझेदारीले आन्तरिक पर्यटन र डिजिटल व्यापार दुवैको प्रवर्द्धनमा महत्त्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

prabhu mahalaxmi
kumari