citizens life insurance long ad
stcnepal long ad

नेपाल पुनर्बीमा कम्पनीको ५७.७१% ले नाफा बढ्यो

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीले चालु आर्थिक वर्ष २०८१/८२ को दोस्रो त्रैमास (साउन–पुस)सम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। दोस्रो त्रैमाससम्म कम्पनीले ५३ करोड २६ लाख रुपैयाँ नाफा आर्जन गरेको छ।

अघिल्लो वर्ष यही अवधिसम्म कम्पनीले ३३ करोड ७७ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा कम्पनीको नाफा ५७.७१ प्रतिशतले बढेको छ।

समीक्षा अवधिसम्म शेयर पुँजी १३ अर्ब ४२ करोड २१ लाख रुपैयाँ रहेको कम्पनीको स्पेसल रिजर्भमा ४ अर्ब ६७ करोड २ लाख रुपैयाँ, महाविपत्ति कोषमा ३५ करोड ६ लाख रुपैयाँ, रिटेन्ड अर्निङमा ७६ करोड ४२ लाख रुपैयाँ र अन्य इक्विटीमा ७८ करोड ६२ लाख रुपैयाँ रहेको छ।

अघिल्लो वर्षको असार मसान्तसम्म कम्पनीको स्पेसल रिजर्भमा ४ अर्ब ४० करोड ३९ लाख रुपैयाँ, महाविपत्ति कोषमा ३२ करोड ४० लाख रुपैयाँ, रिटेन्ड अर्निङमा ५२ करोड ९९ लाख रुपैयाँ र अन्य इक्विटीमा ७८ करोड २२ लाख रुपैयाँ रहेको छ।

चालु आर्थिक वर्षको पुससम्म कम्पनीले ४ अर्ब ३७ करोड ७४ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो वर्ष सोही अवधिसम्म कम्पनीले ३ अर्ब ४१ करोड ४२ लाख कुल बीमाशुल्क आर्जन गरेको थियो। गत आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको कुल बीमा शुल्क आर्जन २८.२१ प्रतिशतले बढेको छ।

कम्पनीले समीक्षा अवधिसम्म ४ अर्ब १६ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो वर्ष सोही अवधिमा कम्पनीले ३ अर्ब ३ करोड ६४ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो। अघिल्लो वर्षको तुलनामा खुद बीमाशुल्क आर्जन ३१.७८ प्रतिशतले बढेको छ।

कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी (ईपीएस) बढेर ३.९७ रुपैयाँ कायम भएको छ। अघिल्लो वर्ष ईपीएस २.६४ रुपैयाँले ऋणात्मक थियो। प्रतिशेयर नेटवर्थ १४८.९६ रुपैयाँ रहेको कम्पनीको पीई रेसियो १९१.५० गुणा रहेको छ।

IME Life
kumari