प्रहरीलाई प्रलोभन देखाई दुर्व्यवहार गर्ने ४ सवारी चालक पक्राउ
मकवानपुर । प्रहरीलाई आर्थिक प्रलोभन देखाई दुर्व्यवहार गरेको अभियोगमा चार जना सवारी चालकलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा ना.७ ख ६२२४ नम्बरको ट्रकका चालक पर्सा वीरगंज महानगरपालिका–३२ बस्ने ३३ वर्षीय नसुरदिन अन्सारी, ना. ४ च ८३९४ नम्बरको गाडीका चालक बारा जितपुर सिमरा उपमहानगरपालिका–४ भेलही बस्ने २१ वर्षीय गुलाम अन्सारी, ना. ६ ख ५६३६ नम्बरको ट्रकका चालक बारा जितपुर सिमरा उपमहानगरपालिका–३२ बस्ने ३४ वर्षीय लाल अन्सारी र ना. ६ख ९४७ नम्बरको ट्रकका
चालक सर्लाही बरहथवा नगरपालिका–९ मुर्तिया बस्ने २३वर्षीय अरूण महतो रहेका छन् ।
ईलाका प्रहरी कार्यालय नेवारपानी तथा ईलाका प्रहरी कार्यालय पशुपतीनगरको चेकपोष्टमा जाँच गर्ने क्रममा सुरक्षा मापदण्ड विपरित राँगाभैंसी लोड गरी ल्याउँदै गरेका उक्त गाडीमा आवश्यक कागजात पुर्याएर मात्र लान मिल्छ भनी सम्झाई बुझाई गर्दा उल्टै डिउटीमा
खटिएका प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोजेकोले उनीहरुलाई पक्राउ गरेको हो।
उनीहरूलाई सार्वजनिक हित र नैतिकता विरूद्धको कसुरमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।





























