stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

केन्द्रीय बैंकमा ८ अर्ब नोट मौज्दात, ५ खर्ब ७९ अर्ब चलन चल्तीमा

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं ।  केन्द्रीय बैंकमा ८ अर्ब ३५ करोड १२ लाख २३ हजार रुपैयाँ नगद मौज्दात रहेको छ । राष्ट्र बैंकले असार मसान्तसम्मको मासिक विवरण सार्वजनिक गर्दै यस्तो जानकारी गराएको हो ।

साथै, अहिले ५ खर्ब ७९ अर्ब ७० करोड ८७ लाख रुपैयाँ चलन चल्तीमा रहेको छ । यसअवधिमा ५ खर्ब ८८ अर्ब ६ करोड रुपैयाँ बराबरको नोट निष्कासन गरिएको केन्द्रीय बैंकको तथ्यांकमा उल्लेख छ ।

केन्द्रीय बैंकसँग २० अर्ब ३२ करोड ९९ लाख १ हजार रुपैयाँ बराबरको सुन मौज्दात रहेको छ । असार मसान्तसम्ममा केन्द्रीय बैंकसँग ८ खर्ब ३१ अर्ब ३१ करोड ५९ लाख ९० हजार रुपैयाँ खुद इक्विटी तथा दायित्व रहेको छ ।

उक्त रकम बराबरकै सम्पति पनि रहेको केन्द्रीय बैंकको तथ्यांकमा उल्लेख छ ।

prabhu mahalaxmi
kumari