stcnepal long ad
ime life insurance
global ime bank long

चैतसम्म निर्जीवन बीमाद्वारा ३२ अर्ब ८१ करोड बीमा शुल्क संकलन

prabhu mahalaxmi
IME Lifesidebar
Nimb long ad

काठमाडौँ । चैत महिनासम्म निर्जीवन बीमा कम्पनी तथा लघुबीमा कम्पनीले ३२ अर्ब ८१ करोडको बीमा शुल्क संकलन गरेका छन् । नेपाल बीमा प्राधिकरणका अनुसार सञ्चालनमा रहेका १४ निर्जीवन बीमा कम्पनी  तथा चार लघु निर्जीवन  बीमा  कम्पनी कम्पनीले यो  अवधिमा २४ लाख  १२ हजार वटा बीमालेख  बिक्री गर्दा चालु आर्थिक वर्षको ९ महिनामा सो बराबरको  बीमाशुल्क संकलन गरेका हुन् ।

यसमध्ये सबैभन्दा धेरै शिखर इन्स्योरेन्सले बीमाशुल्क संकलन गरेको छ । शिखरले ४ अर्ब ३४ करोड, सगरमाथा लुम्बिनी इन्स्योरेन्सले ३ अर्ब ७३ करोड, सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले ३ अर्ब १० करोड, हिमालयन एभरेस्ट इन्स्योरेन्सले २ अर्ब ७८ करोड र आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सको २ अर्ब ७३ करोड रुपैयाँ बीमा शुल्क उठाएको छ ।

त्यस्तै, नेको इन्स्योरेन्सले २ अर्ब ४७ करोड, ओरियन्टल इन्स्योरेन्सको २ अर्ब १५ करोड, एनएलजी इन्स्योरेन्सको २ अर्ब १३ करोड, सानिमा जीआईसी इन्स्योरेन्सले १ अर्ब ९२ करोड, युनाइटेड अजोड इन्स्योरेन्सले १ अर्ब ८२ करोड रुपैयाँ बीमा शुल्क संकलन गरेको छ ।

नेपाल इन्स्योरेन्सले १ अर्ब ५५ करोड, प्रभु इन्स्योरेन्सले १ अर्ब ३० करोड, राष्ट्रिय बीमा कम्पनीले १ अर्ब १३ करोड र नेशनल इन्स्योरेन्सले ८७ करोड ९५ लाख रुपैयाँ बराबरको बीमाशुल्क संकलन गरेको छ ।

त्यसबाहेक माइक्रो इन्स्योरेन्सले १९ करोड ३६ लाख, प्रोएक्टिभ माइक्रो इन्स्योरेन्सको १७ करोड ५७ लाख, स्टार माइक्रो इन्स्योरेन्सले १६ करोड ३२ लाख तथा ट्रस्ट माइक्रो इन्स्योरेन्सले १५ करोड ४० लाख रुपैयाँ बीमा शुल्क संकलन गरेको छ ।

कुन क्षेत्रमा कति शुल्क संकलन ?

प्रदेशगत रूपमा हेर्दा यो अवधिमा संकलित कुल बीमा शुल्कमध्ये बाग्मती प्रदेशमा २२ अर्ब १० करोड, लुम्बिनीमा २ अर्ब ८५ करोड, कोशी प्रदेशमा २ अर्ब ८६ करोड, मधेशका २ अर्ब १५ करोड, गण्डकीमा १ अर्ब ७० करोड, सुदूरपश्चिममा ४२ करोड ४७ लाख तथा कर्णालीमा ३० करोड ६८ लाख रुपैयाँ संकलन भएको तथ्यांक छ ।

त्यस्तै, शीर्षकगत रूपमा हेर्दा मोटर बीमातर्फ ९ अर्ब ८२ करोड, सम्पत्ति बीमातर्फ ८ अर्ब १९ करोड, इञ्जिनियरिङ बीमातर्फ ५ अर्ब ५६ करोड, कृषि तथा बाली बीमाबापत १ अर्ब २३ करोड, सामुन्द्रिक बीमातर्फ १ अर्ब ८९ करोड, हवाई बीमातर्फ १ अर्ब ८१ करोड, लघु बीमातर्फ ६९ करोड ९७ लाख रुपैयाँ तथा विविध बीमातर्फ ३ अर्ब ५७ करोड रुपैयाँ बराबरको बीमाशुल्क संकलन भएको छ ।

prabhu mahalaxmi
kumari