stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

एनएमबि ५० को एनआइसी एसियामा अधिक लगानी

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । एनएमबि ५० को असार मसान्तसम्म आइपुग्दा प्रतिइकाई खुद सम्पति मूल्य ( न्याभ) १० रुपैयाँ ९० पैसा कायम भएको छ । यो जेठ महिनाको भन्दा ४८ पैसाले बढी हो । जेठमा यसको न्याभ १० रुपैयाँ ४२ पैसा थियो ।

यसको सूचीकृत कम्पनीको सेयरमा लगानी ३२ करोड २८ लाख ५९ हजार रुपैयाँ पुगेको छ । यो अघिल्लो महिनाको भन्दा ४ करोड ८० लाख ८३ हजार रुपैयाँ बढी हो । जेठमा यस फन्डको सूचीकृत कम्पनीको सेयरमा लगानी २७ करोड ४७ लाख ७६ हजार रुपैयाँ थियो ।

यता, जेठमा ७७ करोड ८६ लाख ५ हजार रुपैयाँ रहेको बैंक मौज्दात असारमा ७९ करोड ८७ लाख ६१ हजार रुपैयाँ पुगेको छ । यस अवधिमा यो फन्डले ३१ वटा सूचीकृत कम्पनीको सेयरमा लगानी गरेको छ ।

सबैभन्दा धेरै एनआइसी एसिया बैंकको सेयरमा लगानी छ । यस बैंकको ४३ हजार ६१ कित्ता सेयरमा २ करोड ३८ लाख १२ हजार रुपैयाँ लगानी गरिएको हो ।

prabhu mahalaxmi
kumari