stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance
global ime bank long

सजिलो मेडस प्रा.लि,को आजबाट कार्य प्रारम्भ 

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । अनलाइन फर्मा सबैको घर घरमा मूल उद्देश्य लिएर सजिलो मेडस प्रा.लि.ले आज श्रावण १३ गतेबाट काठमाडौंमा आफ्नो कार्य संचालन गर्न गइरहेको छ।

विभिन्न डाक्टर र प्रोफेसनलहरू मिलेर खोलिएको कम्पनीले घर घरमा मेडिकल परामर्श, औषधी आपूर्ति र स्वास्थ परिक्षण गर्ने सेवा दिने मुख्य उद्देश्य राखेको छ ।
पहिलो चरणमा इमेर्जन्सी पर्दा अनलाइबाट डाक्टरको परामर्श लिन सकिने र प्रत्येक घरमा प्रेस्किप्सन अपलोड गरेको आधारमा आवश्यक औषधि पुर्याउने र दोस्रो चरणमा काठमाडौं भित्र तोकेको केन्द्रबाट ल्याव सेवा प्रदान गर्ने उद्देश्य राखिएको छ।
यो सबै कार्य मैतिदेवी स्थित कार्यालयबाट अनलाईन सफ्टवयर मार्फत संचालन, नियन्त्रण र निर्देशन गर्ने कार्यक्रम रहेको छ। कम्पनीको अध्यक्षमा चार्टर्ड एकाउन्टेन्ट रविराज भट्टराई रहनु भएको छ।
बैदेशिक रोजगारी र अध्ययनको लागि प्रायः प्रत्येक घरबाट विदेशिएको कारण घरमा रहने वृद्ध वृद्धालाई स्वास्थ्य सेवा लिनमा आइरहेको कठीनाइलाई हेरेर सेवा पुर्या उने लक्ष्यले पनि सजिलो मेडसको अवधारणा ल्याइएको हो।विदेशमा लामो समय काम गरेका दक्ष व्यक्ति, काठमाण्डौका प्रतिष्ठित डाक्टर, औषधी व्यवसायी र प्रोफेसनल मिलेर कम्पनी स्थापना र संचालन गरिएकोले स्वास्थ्य परामर्श र आवश्यक औषधी घरघरमा पुर्यारउन सकिने प्रतिवद्धता व्यक्त गर्न चाहान्छौँ ।

prabhu mahalaxmi
kumari