लाईसेन्स बनाउने बाहानामा रकम माग्ने प्रेम राज पाण्डे पक्राउ
काठमाडौं । लाईसेन्स बनाई दिन्छु भनी विभिन्न व्यक्तिहरुसँग रकम माग गर्ने भक्तपुर मध्यपुर ठिमि नगरपालिका मगरगाउँ बस्ने मुगु खत्याड गाउँपालिका–८ घर भएका प्रेम राज पाण्डेलाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।
चन्द्रगिरी नगरपालिका–३ थानकोट खरिबोटमा लाईसेन्स बनाईदिन्छु भनी विभिन्न व्यक्तिहरुसँग रकम मागिरहेको भन्ने सूचना प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त थानकोटबाट खटिएको प्रहरीले पाण्डेलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।




























