stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance
global ime bank long

माछापुछ्रे बैंक लिमिटेड र कर्मचारी सञ्चय कोष बिच सम्झौता

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । माछापुछ्रे बैंक लिमिटेड र कर्मचारी सञ्चय कोष बिच कर्मचारी सञ्चय कोषका ऋणीहरुले लिएको ऋणको साँवा तथा व्याज कनेक्ट आइपिएस मार्फत भुक्तान गर्न सक्ने गरि सहमति भएको छ ।

कर्मचारी सञ्चय कोषबाट कर्जा लिएका ऋणीहरूले साँवा र ब्याज सहितको किस्ता रकम बिद्युतिय माध्यमबाट भुक्तानी गर्न सक्ने गरि भएको सम्झौता पत्रमा हस्ताक्षर भएका छ ।

माछापुछ्रे बैंक लिमिटेड का नायब महाप्रबन्धक विश्वम्भर न्यौपाने तथा कर्मचारी सञ्चय कोषको तर्फबाट चिफ म्यानेजर अर्जुन कुमार गौतमले हस्ताक्षर गरेका छन् ।

सम्झौता पछि अब जुनसुकै बैंक तथा वित्तीय संस्थाहरूमा खाता भएका कर्मचारी सञ्चय कोषका ऋणीहरूले कनेक्ट आइपिएस अनलाईन पोर्टलमा लग इन गरेपश्चात् गभरमेन्ट पेमेन्ट अन्तर्गत कर्मचारी संचय कोषको आइकनमा क्लिक गरी भुक्तानी प्रक्रिया सुरु गर्न सक्नेछन् ।

नयाँ व्यवस्था अनुसार बैंक नपुगिकन जुनसुकै ठाउँबाट विद्युतीय माध्यमबाट उक्त किस्ता रकम सजिलै भुक्तानी गर्न सकिने छ ।

उक्त बैंकले पुर्वदेखि पश्चिम साथै हिमालदेखि पहाड, र तराईसम्म आफ्ना १५९ वटा शाखाहरु, १३४ शाखा रहित बैकिङ्ग सेवा समेत गरी जम्मा २९३ स्थानमा रहेका सेवा सञ्जाल तथा १९८ वटा एटीएमहरु तथा १ हजार भन्दा बढी पिओएस मेशीन मार्फत ग्राहकहरुलाई अत्याधुनिक प्रविधि सहित सम्पुर्ण बैंकिङ्ग सुबिधा प्रदान गरिरहेको जनाएको छ ।

prabhu mahalaxmi
kumari