stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance
global ime bank long

मेलम्ची सुरुङ दुर्घटनाः गेट डिजाइनमै त्रुटी

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

सिन्धुपाल्चोक । मेलम्ची खानेपानी आयोजनाको सुरुङमार्गमा राखिएका गेटका डिजाइन नै त्रुटीपूर्ण रहेको पाइएको छ। मेलम्ची सुरुङ दुर्घटनाबारे छानविन गर्न गठित प्राविधिक समितिले मजबुत ढंगले गेटको डिजाइन नभएको अन्तिम निष्कर्ष निकालेको हो ।

‘गेटको डिजाइनमै त्रुटी भएको फेला पायौँ,’ छानविन प्राविधिक समितिका संयोजक रमाकान्त दुवाडीले भने। समितिले छानविन प्रतिवेदन समेत तयार पारिसकेको उनले जानकारी दिए ।

समितिले सोमबार खानेपानी मन्त्रालयलाई प्रतिवेदन बुझाउने भएको छ। दुवाडीका अनुसार समितिले आइतबारै मन्त्रालयलाई प्रतिवेदन बुझाउने तयारी गरेको थियो । तर ब्याण्डिङ लगायत साजसज्जाको काम साँझ मात्र सकिएकाले समितिले प्रतिवेदन बुझाउन भ्याएन।

गत असार ३० गते परीक्षणमा रहेको सुरुङमार्गको अम्बाथानस्थित अडिट टनेलको १७ नम्बर गेट खुलेर दुर्घटना भएको थियो। सो क्रममा निरीक्षणमा रहेका चार कर्मचारीलाई सुरुङबाट बाहिरिएको पानीले बगाएको थियो ।

तीमध्ये दुईलाई तत्काल घाइते अवस्थामा उद्धार गरिएको थियो। घटनाको तीन दिनपछि इन्द्रावती नदीमा बेपत्ता एक इन्जिनियरको शब फेला पारे पनि एक कर्मचारी अझै बेपत्ता छन् ।, यो खबर अजाको नागरिक दैनिकमा छापिएको छ ।

prabhu mahalaxmi
kumari