stcnepal long ad
global ime bank long

मार्जिन कर्जा बढदा पनि सेयर कारोवार किन बढन सकेन ?

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । सेयर बजारमा अहिले उतारचढाव भैरहेको छ। यसै वर्ष तीन हजार दुई सयको विन्दुमा पुगेको सेयर बजार नेप्से गत चैत्र ६ गते बुधवार दुई हजार ६ सय ८२ विन्दुमा झरेको छ। यो साता सेयर नेप्से निरन्तर घटयो। कारोवार भएका २४३ कम्पनी मध्ये १८२ कम्पनीको सेयर मूल्य घटेको र ५४ कम्पनीको मूल्य बढेको थियो।

कुल कारोवार ५ अर्ब १४ करोड ३९ लाख ९७ हजार रूपैयाँ बराबरको ९५ लाख ८३ हजार कित्ता सेयर कारोबार भएको थियो। चैत्र ६ गते सेयर बजार पुँजीकरण ४४ खर्ब ५३ अर्बमा झरेको छ। यसरी सेयर कारोवार अंक अहिले घटेपनि बैंक तथा वित्तीय संस्थाहरूले सेयर धितो कर्जा अर्थात मार्जिन लोन भने बढाएका छन् ।

नेपाल राष्ट्र बैंकका अनुसार २०८१ माघ मसान्तसम्म सेयर धितोमा एक खर्ब १५ अर्ब ११ करोड रुपैयाँ कर्जा प्रवाह गरेका छन् । यो अवधिसम्म बैंक तथा वित्तीय संस्थाले ६७ खर्ब ३१ अर्ब ७९ करोड रुपैयाँ निक्षेप संकलन गरि ५४ खर्ब ३३ अर्ब ४३ करोड ७० लाख रुपैयाँ कर्जा प्रवाह गरेका देखिन्छ ।

गत एक वर्षमा बैंक तथा वित्तीय संस्थाले सेयर धितोमा २९ अर्ब ९३ करोड ८० लाख रुपैयाँ कर्जा बढाएका छन् । गत २०८० माघ मसान्तमा सेयर धितोमा ८५ अर्ब १७ करोड २० लाख रुपैयाँ कर्जा प्रवाह गरेका थिए ।

वाणिज्य बैंकहरूले गत २०८१ माघसम्ममा सेयर धितोमा ९३ अर्ब १२ करोड ५० लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् । जुन अघिल्लो वर्षको तुलनामा २६ अर्ब ५३ करोड १० लाख रुपैयाँ बढी हो । गतवर्ष माघ मसान्तसम्म बैंक तथा वित्तीय संस्थाले सेयर धितोमा ६६ अर्ब ५९ करोड ४० लाख रुपैयाँ मात्र कर्जा प्रवाह गरेका थिए ।

विकास बैंकहरू गत २०८१ माघसम्म सेयर धितोमा १७ अर्ब ८९ करोड ३० लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् । अघिल्लो वर्षको सोही अवधिको तुलनामा दुई अर्ब ९९ करोड ३० लाख रुपैयाँ बढी हो ।

अघिल्लो वर्ष माघसम्म विकास बैंकहरूले सेयर धितोमा कर्जा १४ अर्ब ९० करोड रुपैयाँ कर्जा प्रवाह गरेका थिए । फाइनान्स कम्पनीहरूले गत २०८१ माघसम्म सेयर धितोमा चार अर्ब नौ करोड २० लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् ।

जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा ४१ करोड ४० लाख रुपैयाँ बढी हो । अघिल्लो वर्ष माघ मसान्तसम्म तीन अर्ब ६७ करोड ८० लाख रुपैयाँ कर्जा प्रवाह गरेका थिए ।

गत वर्षदेखिनै कर्जाको ब्याजदर सस्तो भएकोले बैंकबाट ऋण लिएर सेयर बजारमा लगानी गर्ने क्रम बढेको देखिन्छ । उपभोग बढ्न नसक्दा उत्पादनमूलक क्षेत्रमा लगानी बढ्न सकिरहेको छैन । उद्योगीले उत्पादन बढाउने अवस्था आए मात्रै वास्तविक क्षेत्रमा लगानी वृद्धि गर्न कर्जाको माग हुने गर्दछ । तर, अहिले त्यस्तो अवस्था छैन ।

त्यसैले बैंकबाट सस्तो ब्याजदरमा ऋण लिएर सेयर बजारबाट सेयर खरिद गर्नेहरू बढेका कारण बैंकहरूले सेयर धितोमा प्रवाह गरेको कर्जाको आकार बढेको मान्न सकिन्छ ।

अर्थविदहरू मुलुकमा आर्थिक गतिविधि बढ्न नसक्दा लगानीका अन्य क्षेत्र कृषि, उर्जा, पर्यटन, सवारी साधन,व्यापार,उत्पादन उद्योग, साना तथा मझौला उद्योग,आयात व्यापार सुस्त देखिएकोले लगानीकर्ताहरू अल्पकालीन रूपमा सेयर बजारमा सक्रिय हुन थालेको बताउछन् ।

अहिले देशको रेमिट्यान्स,शोधानान्तर स्थिति,विदेशी मुद्रा बाहेकका अर्थतन्त्रका सबैजसो सूचकहरू त्यति सकारात्मक छैनन् । अझै उत्पादन बढ्न सकेको छैन ।

सरकारले पर्याप्त खर्च गर्न नसक्दा निर्माण क्षेत्र पनि सुस्त छ । जसले गर्दा आर्थिक गतिविधि बढ्न सकिरहेको छैन । संस्थागत लगानीकर्ताले पनि सेयर बजारमा लगानी बढाइरहेका छन् ।

सस्तो ब्याज रहेको अवस्थामा दोस्रो बजारबाट छोटो समयमा राम्रो प्रतिफल पाउने सम्भावना देखिएपछि संस्थागत लगानीकर्ताले पनि सेयरमा लगानी बढाएका छन् ।

IME Lifesidebar
kumari