stcnepal long ad
ime life insurance
national life
global ime bank long

नेको इन्स्योरेन्सको हकप्रद सेयरमा आवेदन दिने अन्तिम म्याद फागुन २८ गतेसम्म

prabhu mahalaxmi
IME Lifesidebar
Nimb long ad

काठमाडौं । नेको इन्स्योरेन्सले फागुन ८ गतेदेखि २५ प्रतिशत हकप्रद सेयर बिक्री खुला गरिरहेको छ । यो हकप्रद सेयरमा लगानीकर्ताले फागुन २८ गतेसम्म मात्र आवेदन दिन सक्नेछन् ।

इन्स्योरेन्स  कम्पनीले ४ः१ अनुपातमा ५० लाख ३० हजार ९०१.५५ कित्ता हकप्रद सेयर जारी गरेको हो । जसअनुसार यसले १ सय अंकित मूल्यमा ५० करोड ३० लाख ९० हजार १५५ सय रुपैयाँ बराबरको हकप्रद सेयर निष्कासन गरेको हो ।

उक्त हकप्रद सेयरको लागि नेकोले माघ १८ गते बुक क्लोज गरेको थियो । तसर्थ, त्यसभन्दा अघिसम्म कायम रहेका लगानीकर्ताले हकप्रद सेयरको दाबी गर्न पाउनेछन् ।

यो हकप्रद सेयरमा सानिमा क्यापिटलले बिक्री प्रबन्धकको काम गरेको छ । लगानीकर्ताले बिक्री प्रबन्धक सानिमा क्यापिटल नक्साल काठमाडौं र नेको इन्स्योरेन्सको तोकिएको शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।

यसका साथै धितोपत्र बोर्डबाट आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र मेरो सेयर मार्फत आवेदन दिन सकिनेछ । हाल यस कम्पनीको चुक्ता पुँजी २ अर्ब १ करोड २३ लाख ६० हजार रुपैयाँ छ । हकप्रद सेयर बिक्रीपछि कम्पनीको चुक्ता पुँजी २ अर्ब ५१ करोड रुपैयाँ पुग्नेछ ।

prabhu mahalaxmi
kumari