citizens life insurance long ad
stcnepal long ad

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको मुद्दति निक्षेपमा २० करोड रुपैयाँ बढी लगानी गर्दै 

ब्याजदर प्रस्ताव गर्न आह्वान

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको मुद्दति निक्षेपमा २० करोड रुपैयाँ बढी लगानी गर्ने भएको छ।

राष्ट्र बैंकको कर्मचारी सुरक्षण कोषमा २० करोड रुपैयाँ बैंक तथा वित्तीय संस्थाको मुद्दति निक्षेपमा लगानी गर्न लागिएको हो।

केन्द्रीय बैंकले कुल रकममध्ये १६ करोड रुपैयाँ वाणिज्य बैंकमा, ३ करोड रुपैयाँ राष्ट्रियस्तरका विकास बैंकमा र बाँकी १ करोड रुपैयाँ राष्ट्रियस्तरका वित्त कम्पनीमा लगानी गरिने जनाएको छ।

इच्छुक बैंक तथा वित्तीय संस्थालाई ब्याजदर प्रस्ताव गर्न राष्ट्र बैंकले आह्वान गरेको छ। जसअनुसार बैंक तथा वित्तीय संस्थाले फागुन २६ गतेसम्म ब्याजदर प्रस्ताव गर्नुपर्नेछ।

यो मुद्दति निक्षेप २०८१ चैत २६ गतेदेखि २०८२ चैत ३ गतेसम्म ३६६ दिनका लागि हुने राष्ट्र बैंकले जनाएको छ।

IME Life
kumari