stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

आजदेखि देशव्यापी महिन्द्रा केयर फेस्ट–२०२५ सुरु,

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं। महिन्द्रा फोर ह्विलरको नेपालका लागि आधिकारिक बिक्रेता अग्नि ग्रुपको सहायक कम्पनी बालाजु अटो वर्क्सले आजदेखि देशव्यापी महिन्द्रा केयर फेस्ट सुरु गरेको छ ।

महिन्द्रा गाडीको ४५–पोईन्ट निशूल्क चेकपअ गरिने यस क्याम्पमा निशूल्क लेबर चार्ज, निशूल्क वाशिङ, फ्रि हेल्थ चेकअप, म्याक्सिमाईल लुब्रिकेन्ट्समा १० प्रतिशत छुट, स्पेयर पार्टसहरुमा ५० प्रतिशत सम्म छुट, १० प्रतिशत विस्तारित छुट कुपनका साथै अन्य उपहारहरु को पनि लाभ लिन सकिनेछ ।

नेपालभर रहेका महिन्द्राका ५५ भन्दा बढी आधिकारिक सर्भिस सेन्टरमा गई ग्राहकले यस केयर फेस्टमा सहभागी हुन सक्ने कम्पनीले जनाइएको छ ।

महिन्द्राले आफ्ना सेवाग्राहीलाई थप सेवासुविधा प्रदान गर्ने उद्देश्यका साथ हरेक वर्ष आयोजना गर्दै आईरहेको केयर फेस्टमा यसपटक पनि अघिल्ला वर्षहरुमा झैँ ग्राहकहरुको उल्लासमय सहभागिता रहने अपेक्षा राखेको छ ।

अग्नि ग्रुपको सहायक कम्पनी अग्नि आस्था प्रालीले यसै केयर फेस्टमा महिन्द्राका कुनै पनि गाडी खरिद तथा बिक्रि वा एक्सचेन्ज गर्ने सुबिधा पनि ल्याएको छ ।

साथै, महिन्द्राका सर्टिफाइड रिकन्डिसन गाडी खरिद गर्दा आकर्षक अफर समेत पाइनेछ । यो सेवा काठमाडौँ, भैरहवा, इटहरी, पोखरा र चितवनमा उपलब्ध हुने कम्पनी भनाई छ ।

केयर फेस्टमा सर्भिस बुक गर्न वा थप जानकारीका लागि टोल फ्रि नम्बरहरुः १६६००–१००–२०० (नेपाल टेलिकम) र ९८०१५७१२१२ (एनसेल) मा सम्पर्क गर्न सकिने कम्पनी भनाई छ ।

prabhu mahalaxmi
kumari