stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

 राष्ट्रवादी प्रधानमन्त्री देखएनन् !

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौ । नेपालमा प्रधानमन्त्री केपी शर्मा ओलीअघि सुगौली सन्धिपछि भीमसेन थापा बाहेक ३६ जना नेता ५६ पटक प्रधानमन्त्री बनिसकेका छन् ।

गिरिजाप्रसाद कोइराला र सूर्यबहादुर थापा पाँच–पाँच पटक प्रधानमन्त्री बने । शेरबहादुर देउवा, लोकेन्द्रबहादुर चन्द चार पटक र कीर्तिनिधि बिष्ट तीन पटक प्रधानमन्त्री भए ।

डा. तुलसी गिरी, नगेन्द्रप्रसाद रिजाल, सन्तनेता कृष्णप्रसाद भट्टराई र नेकपाकै कार्यकारी अध्यक्ष क.प्रचण्ड पनि दुई पटक प्रधानमन्त्री भए । कम्युनिष्ट पार्टी कै मात्र हेर्दा पनि छ जना नेताहरु यसअघि नै सात पटक प्रधानमन्त्री बनिसकेका छन् । ओली यसपालि कम्युनिष्ट पार्टीका तर्फबाट आठौँ पटक प्रधानमन्त्री बनेका हुन् ।

तर,यी प्रधानमन्त्री कसैको पालामा मिचिएको नेपाली भूमि समेटेर नक्सा जारी गर्ने हिम्मत किन गरिएन ? के ओलीको कद बढोस् भनेर जोगाएर राखिदिएका हुन् यो मुद्दा ? कारण प्रष्ट छ– यसअघिका प्रधानमन्त्रीले आँट नगरेकै हुन् ।

कतिपय भारतसँग डराए, कतिले पद जोगिने वा पाउने आशमा भारत भक्ति देखाए,याे सत्य हाे । राणा प्रधानमन्त्री जंगबहादुर राणाले नयाँ मुलुक बाँके, वर्दिया, कैलाली, कञ्चनपुर अग्रेजलाई खुशी पारेर फिर्ता लिएका थिए। जंग बहादुर राष्ट्रवादी थिए,किर्तीनिधि विष्टले भारतीय सेना नेपालकाे उत्तरी क्षेत्रवाट भारतीय चेकपाेष्ट हटाउन सफल भएका थिए। उनी चीनतर्फ ढल्किएका प्रधानमन्त्री मानिन्छन् ,अरू सबै भारततर्फ ढल्किदै आएकाे देखिन्छ ।

prabhu mahalaxmi
kumari