stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
Everest Bank
Himalayan bank

सनराइज बोर्ड विवादमा राष्ट्र बैंकको चासो

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । सनराइज बैंकका सञ्चालकबीच देखिएको विवाद उत्कर्षमा पुगेको छ । बैंक सञ्चालक समितिको विवादका कारण व्यवस्थापनमा समेत समस्या देखिएपछि नेपाल राष्ट्र बैंकले चासो देखाएको छ ।
बैंकको विषयमा बाहिर धेरै हल्ला आएपछि सोधपुछका लागि आइतबार सञ्चालक समितिलाई केन्द्रीय बैंकमा बोलाइएको नेपाल राष्ट्र बैंकका एक अधिकारीले बताए ।

बैंकका प्रमुख कार्यकारी अधिकृतको राजीनामादेखि सञ्चालक समितिमा समेत गुट रहेको हल्ला बाहिर आएको छ,” ती अधिकारीले भने, “ठोस कुरा के हो भन्ने बुझ्नका लागि आइतबार बोलाएका छौं ।

बैंकको सञ्चालक समिति र व्यवस्थापन पक्षबीच भएको विवादको विषयमा अधिकारीक जानकारी लिनका लागि आइतबार बोलाएको ती अधिकारीको भनाइ छ । आइतबारको समय निर्धारण नभए पनि कार्यलय सुरु भएपछि नै समय निर्धारण गरिने समेत उनले बताए ।

“व्यवस्थापन र सञ्चालक समितिको बिचमा विवाद हुनु राम्रो कुरा होइन,” ति अधिकरीले भने, “बैंक तथा वित्तीय संस्था सञ्चालन गर्न भनेर प्रमुख कार्यकारी अधिकृत नियुक्त गर्ने, अनी उहाँहरूले नै विवाद गरेपछि संस्था कहाँ जान्छ रु” दुवै पक्ष मिलेर संस्थालाइ सहज रुपमा सञ्चालन गर्ने जिम्मेवारी हुन्छ । त्यसैले राष्ट्र बैंक नियामक निकाय भएको नाताले सनराइज बैंकको सन्दर्भमा पनि वास्तविकता बुझ्न खोजेको ती अधिकारीको भनाइ छ ।
यसअघि पनि सनराइज बैंकको सञ्चालक समितिमा नै गुटवन्दी देखिएपछि नियुक्त गर्ने निर्णय भएका निरज श्रेष्ठले जिम्मेवारी नसम्हाली बाहिरिएका थिए ।

उनलाई बैंकको जिम्मेबारी नदिइ प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्याललाई नियुक्त गरेको थियो । आजभन्दा करिब १३ महिनाअघि प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हालेका शर्माले बिहीबार राजीनामा दिएको हल्लासमेत बाहिर आएको छ ।

सञ्चालक समितिमा रहेको विवाद व्यवस्थापन प्रमुखसम्म आइपुगेपछि पौड्यालले राजीनामा दिएको सूचना बाहिर आएसंगै नेपाल राष्ट्र बैंकले त्यस विषमा विस्तृत कुराकानीका लागि आइतबार सञ्चालन समिति र व्यवस्थापन प्रमुखलाई बोलाएको हो ।
केही वर्षअघि बैंक अफ काठमाण्डूमा पनि व्यवस्थापन प्रमुख र प्रमुख कार्यकारीबीच विवाद बढेपछि नेपाल राष्ट्र बैंकले हस्तक्षेप गरेर करिब ४ महिनाको अवधिमा विशेष साधारण सभा मार्फत बैकको समस्या सुल्झाएर हस्तान्तरण गरेको थियो ।

तत्कालीन गभर्नर दीपेन्द्रबहादुर क्षेत्रीले सञ्चालक समितिको मनोमानी ढंगवाट काम गर्न थालेको खण्डमा समस्या आउन सक्छ भने केन्द्रीय बैंकले हस्तक्षेप गरेर सल्टाएको बताए ।

केन्द्रीय बैंकले डीडीए गर्न लगायो, उनीहरू अदालतमा गएपछि मुद्दा झन जटिल बन्यो,” उनले भने, “केन्द्रीय बैंकले अदालतको प्रक्रिया रोक्न अनुरोध गर्दै सञ्चालक समितिमा पुराना सदस्य नराख्ने गरेर प्रतिनिधि ल्याउन लगाएर साधारणसभा गरेर चुनाव गराएर समस्या सुल्झाएका थियौं ।

यस्तो समस्या अन्य बैंक वित्तीय संस्थामा नहोस् भनेर त्यो कदम चालेको उनले बताए । बैंकिङ क्षैत्रमा अस्थिरता आउनु भनेको सरुवा रोग भएकाले यसलाइ समयमा नै उपचार गर्नुपर्ने पनि उनको तर्क छ । कारोवार दैनिकबाट

prabhu mahalaxmi
kumari bank
kumari