stcnepal long ad
ime life insurance
global ime bank long

सन नेपाल लाइफ इन्स्योरेन्सद्वारा मलेशिया रहेका कामदारलाई बैदेशिक रोजगार बीमा सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न

prabhu mahalaxmi
IME Lifesidebar
Nimb long ad

काठमाडौँ । मलेशियामा कार्यरत नेपाली आप्रवासी कामदारहरूको वित्तीय सुरक्षाबारे सचेतना फैलाउने उद्देश्यले सन नेपाल लाइफ इन्स्योरेन्सद्वारा आयोजित “नेपाली आप्रवासी कामदारलाई लक्षित गरि बैदेशिक रोजगार बीमा सम्बन्धि अन्तरक्रिया कार्यक्रम मलेसिया को क्वाला लम्पुर मा सम्पन्न गरेको छ ।

कार्यक्रमका प्रमुख अतिथिका रूपमा मलेशियाका लागि नेपाली राजदूत महामहिम डा. नेत्रप्रसाद तिमिसिना रहेका थिए ।

साथै, सन नेपाल लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्यालले आप्रवासी श्रमिकहरूको वित्तीय सुरक्षा, बैदेशिक रोजगार बीमा, दाबी भुक्तानी प्रक्रिया र यसका दीर्घकालीन लाभबारे प्रकाश पारे ।

सन नेपाल लाइफ इन्स्योरेन्स अप्रवासी नेपालीहरूका लागि आर्थिक तथा स्वास्थ्य सुरक्षामा महत्वपूर्ण भूमिका निर्वाह गर्न प्रतिबद्ध छ साथै सन नेपाल लाइफले १३९ शाखा तथा उपशाखा कार्यालयहरू तथा बतिस हजार अभिकतामार्फत देशभर र देश बाहिर रहनु भएका नेपाली नागरिकहरुलाई जीवन बीमा सेवा प्रदान गर्दै आफ्ना ग्राहकहरूको वित्तीय सुरक्षामा निरन्तर समर्पित रहेको छ।

prabhu mahalaxmi
kumari