stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

हिमालयन लाइफ इन्स्योरेन्सको शेयरमूल्य समायोजन

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल स्टक एक्सचेञ्जमा हिमालयन लाइफ इन्स्योरेन्सको शेयरमूल्य समायोजन भएको छ। इन्स्योरेन्स कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो।

नेप्सेले यस दिन इन्स्योरेन्सको १४ प्रतिशत बोनस शेयर समायोजन गरेको हो। समायोजन पश्चात इन्स्योरेन्सको शेयरमूल्य ४२८ रुपैयाँ ७७ पैसा कायम भएको छ। नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्य प्रतिकित्ता ४८८ रुपैयाँ ८० पैसाका आधारमा शेयरमूल्य समायोजन गरेको हो।

यही समायोजित मूल्यका आधारमा आगामी आइतबार दोस्रो बजारमा इन्स्योरेन्सको शेयर कारोबार खुल्नेछ। इन्स्योरेन्सले फागुन ११ गते, आइतबार, अनुपम फुडल्याण्ड एण्ड बैंक्वेट, बत्तिसपुतली, काठमाडौँमा १७ औँ वार्षिक साधारण सभा बोलाएको छ। साधारणसभा बिहान साढे १० बजे शुरु हुनेछ।

prabhu mahalaxmi
kumari