stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

टायल उत्पादक कम्पनी लुम्बिनी सेरामिक्सले आइपीओ जारी गर्ने

बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेण्ट

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौ । लुम्बिनी सेरामिक्स लिमिटेडले सर्वसाधारणमा प्राथमिक सेयरको सार्वजनिक निष्कासन गर्ने भएको छ । जसका लागि कम्पनीले सेयर निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा नबिल इन्भेष्टमेण्ट बैंकिङ लिमिटेडलाई नियुक्त गरेको छ ।

सेयर निष्कासन सम्बन्धी सम्झौतामा लुम्बिनी सेरामिक्स लिमिटेडको तर्फबाट कम्पनीका संचालक श्याम सुन्दर खेतान तथा नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडका तर्फबाट कम्पनीका प्रमुख कार्यकारी अधिकृत मनिष नारायण जोशीले हस्ताक्षर गरेका हुन । कम्पनीले कुन परिमाणमा आइपीओ निष्कासन गर्ने भन्ने बारेमा खुलाएको छैन् ।

विद्यमान धितोपत्र दर्ता तथा निष्कासन सम्बन्धी नियमावली र धितोपत्र निष्कासन तथा बाँडफाँट सम्बन्धि निर्देशिकाहरुमा भएको व्यवस्था बमोजिम निकट भविष्यमा नियमनकारी निकायहरुबाट आवश्यक स्वीकृति प्राप्त गरी सर्वसाधारणमा प्राथमिक सेयरको सार्वजनिक निष्कासन गर्ने कम्पनीको भनाई छ ।

लामिनार टायल नेपालको पहिलो र एक मात्र शतप्रतिशत भिट्रीफाईड टाईल्स हो, जसको उत्पादन लुम्बिनी सेरामिक्स लिमिटेड अन्तर्गत पर्दछ ।

लामिनार टाईल्सले नेपाली उपभोक्ताहरुका लागि अन्तर्राष्ट्रिय गुणस्तरकोे टायलहरु उपलब्ध गराउने मुख्य उद्देश्यका साथ उत्पादन सुरु गरेको जनाएको छ ।

यसको उत्पादन प्लान्ट बर्दियाको गुलरियामा १२.५ बिघा क्षेत्रफलमा फैलिएको छ । उक्त उद्योगमा ३ सय जना भन्दा बढीले प्रत्यक्ष रुपमा रोजगारी पाइरहेका छन।

लुम्बिनी सेरामिक्स भिट्रिफाइड टायल उत्पादन गर्ने पहिलो उद्योग हो । लुम्बिनी सेरामिक्स ४ अर्ब लगानीमा सञ्चालनमा आएको हो ।

यसमा झण्डै ३ अर्ब रुपैयाँ विभिन्न बैंकले ऋण लगानी गरेका छन् । टायलमा आत्मनिर्भर बन्ने र विदेशी टायललाई विस्थापन गर्ने उद्धेश्यका साथ गत असोज १ गतेबाट लेमिनार टायल उत्पादन थालेको हो।

लुम्बिनी सेरामिक्सले विभिन्न आकारका टायल उत्पादन गरिरहेको छ । यी टायल करिब ५०० वटाभन्दा बढी आकर्षक डिजाइनमा उपलब्ध छन् । लेमिनार भेट्रिफाइड टायल घरभित्र र बाहिरका विभिन्न स्थानमा मात्रै नभएर पार्किङका लागि पनि उपयुक्त छन् ।

उद्योगले दैनिक १ लाख ४० हजार स्क्वायर फिट टायल उत्पादन गर्दै आएको छ । लुम्बिनी सेरामिक्सको उत्पादन ८० देखि २०० रुपैयाँ प्रति स्क्वायर फिटमा बिक्री भैरहेको छ । यो आयातित भन्दा २० प्रतिशत सस्तो भएको उद्योगको दाबी छ ।

prabhu mahalaxmi
kumari