citizens life insurance long ad
stcnepal long ad

नेपाल राष्ट्र बैंकले आज पनि बैंकिङ प्रणालीबाट ४० अर्ब तरलता खिच्दै

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । बैंकिङ प्रणालीमा अधिक तरलता थुप्रिएपछि नेपाल राष्ट्र बैंकले लगातार निक्षेप संकलन उपकरण प्रयोग गर्दै पैसा खिचिरहेको छ।

केन्द्रीय बैंकले आज माघ २० गते बैंकिङ प्रणालीबाट ४० अर्ब रुपैयाँ तान्ने भएको हो । अधिक तरलता व्यवस्थापन गर्न केन्द्रीय बैंकले निक्षेप संकलन उपकरणको प्रयोग गर्दै बैंकिङ प्रणालीबाट आज फेरि पैसा खिच्न लागेको हो ।

यसका लागि आज दिउँसो २ बजे बोलकबोल हुने राष्ट्र बैंकले जनाएको छ। निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सक्नेछन्।

निक्षेप संकलनको बोलकबोल ब्याजदरमा गर्नुपर्नेछ भने बहु ब्याजदरमा पनि बहु बोलकबोल गर्न सकिने राष्ट्र बैंकले जनाएको छ। निक्षेप संकलन उपकरणको बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउनेछन् । यो २१ दिने निक्षेप संकलन उपकरणको फागुन ११ गते साँवा तथा ब्याज भुक्तानी गरिने राष्ट्र बैंकले जनाएको छ।

माघ लागेपछि यस पटकसम्म केन्द्रीय बैंकले छैठो पटक तरलता तान्न लागेको हो। केन्द्रीय बैंकले यसअगाडि माघ २ गते ४० अर्ब, ६ गते ६० अर्ब , ९ गते ९० अर्ब, १३ गते ४० अर्ब रुपैयाँ र १५ गते ३० रुपैयाँ तरलता खिचेको थियो ।

IME Life
kumari