stcnepal long ad
global ime bank long

हिरो स्प्लेन्डरको इलेक्ट्रिक संस्करण आउँदै

२०२७ सम्म लन्च हुने

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

हिरो मोटोकर्पले आफ्नो इलेक्ट्रिक मोटरसाइकलको पोर्टफोलियो बढाउन काम गरिरहेको छ । हालै कम्पनीले भिडा इलेक्ट्रिक स्कुटर ल्याएको छ । कम्पनीले आगामी दुई–तीन वर्षमा लन्च गर्न सकिने ६ भन्दा बढी नयाँ इलेक्ट्रिक सवारी साधनमा काम गरिरहेको बताइएको छ ।

हिरो मोटोकर्पले आफ्नो चर्चित स्प्लेन्डर बाइकको इलेक्ट्रिक भर्सन ल्याउने भएको छ । रिपोर्टका अनुसार स्प्लेन्डर इलेक्ट्रिकलाई हिरोको सबैभन्दा महत्त्वपूर्ण र महत्वाकांक्षी परियोजनाको रूपमा वर्णन गरिएको छ। यसलाई सन् २०२७ मा भारतमा लन्च गर्न सकिने अपेक्षा गरिएको छ ।

स्प्लेन्डर इलेक्ट्रिक बाहेक कम्पनीले २०२६ मा लिनक्स इलेक्ट्रिक डर्ट बाइक लन्च गर्ने काम पनि गरिरहेको छ। साथै बालबालिकाका लागि एक्रो लर्नर इलेक्ट्रिक डर्ट बाइक पनि लन्च गर्न सकिन्छ ।
रिपोर्टका अनुसार हालै भारतमा यसको पेटेन्ट दर्ता भएको छ।

साथै हिरोले दुई प्रिमियम इलेक्ट्रिक मोटरसाइकल पनि लन्च गर्न लागेको छ । सो इलेक्ट्रिक मोटरसाइकल १५० सीसी र २५० सीसी आईसीईको हुनेछ ।

कम्पनीले हिरो स्प्लेन्डर इलेक्ट्रिकलाई ठुलो परिमाणमा बिक्री गर्ने योजना बनाएको छ । कम्पनीले २०२७(२८ सम्ममा वार्षिक स्प्लेन्डर इलेक्ट्रिकबाट २ लाख र एडीजा परियोजनाबाट ५० हजार युनिट बिक्री गर्ने लक्ष्य राखेको छ ।

IME Lifesidebar
kumari