stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

नेपाल लाइफ इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको लाभांश सुरक्षित गर्ने आज माघ ९ गते अन्तिम दिन रहेको छ। २५औं वार्षिक साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले भोलि माघ १० गते बुक क्लोज गर्दैछ।

बुक क्लोजका आधारमा आजसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरू मात्रै कम्पनीको साधारण सभामा भाग लिन र सभाबाट पारित लाभांश प्राप्त गर्न योग्य हुनेछन्।

कम्पनीले हाल कायम चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर र ११.०५ प्रतिशत नगद (कर समेत) लाभांश वितरणको प्रस्ताव गरेको छ।

लाभांश पारित गर्न माघ २८ गते सोमबार पर्सा जिल्लाको वीरगंजस्थित होटल भिष्वामा बिहान ९ बजेदेखि कम्पनीको साधारण सभा बस्दैछ।

बोनस शेयर वितरणपछि जारी चथा चुक्ता पूँजीलाई तदनुरुप वृद्धि गर्ने प्रस्ताव पनि सभाले पारित गर्नेछ।

यसका साथै गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरण पारित गर्नुका साथै चालू आवको लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारणको विषय टुङ्ग्याउनेछ।

त्यसैगरी सर्वसाधारण शेयरधनी (समूह ख) को तर्फबाट ३ जना सञ्चालकको निर्वाचन गर्ने र कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन तथा फेरबदल गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि साधारण सभाका लागि तय गरिएका छन्।

prabhu mahalaxmi
kumari