stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

ज्योति विकास बैंकको १७औं वार्षिक साधारणसभा सम्पन्न

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । ज्योति विकास बैंक लिमिटेडको १७औं वार्षिक साधारणसभा सम्पन्न भएको छ। सोमबार काठमाडौंमा बैंकका सञ्चालक समितिका अध्यक्ष हरिचन्द्र खड्काको सभापतित्वमा बैंकको साधारणसभा सम्पन्न भएको हो ।

उक्त समारोहमा बैंकका सञ्चालक समितिका सदस्यहरू, भूतपूर्व अध्यक्ष तथा सञ्चालकहरू, शेयरधनीहरू, बैंकका विभिन्न पदाधिकारीहरू र कर्मचारीहरूको उपस्थिति रहेको थियो। बैंकका अध्यक्ष खड्काले पानसमा दीप प्रज्वलन गरी औपचारिक रूपमा सभाको शुभारम्भ गरेका थिए।

साधारण सभाले बैंकको आर्थिक वर्ष २०८०/८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन पारित गर्नुका साथै लेखापरीक्षकको प्रतिवेदनसहित २०८१ असार मसान्तसम्मको वासलात, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायतका वार्षिक वित्तीय विवरणहरूउपर छलफल गरी स्वीकृत गर्ने प्रस्ताव पारित गरेको छ।

साधारण सभाले ज्योति विकास बैंकको संस्थापक शेयरधनी समूहका तर्फबाट हरिचन्द्र खड्का, रामकुमार श्रेष्ठ र सन्तोष अधिकारी तथा सर्वसाधारण शेयरधनी समूहका तर्फबाट ध्रुव कोइराला र नरेशराज आचार्यलाई आगामी ४ वर्षका लागि सञ्चालक समितिको सञ्चालक पदमा निर्विरोध निर्वाचित गरेको छ ।

साधारण सभाले बैंकको आर्थिक वर्ष २०८१/८२ को लेखापरीक्षण गर्न लेखापरीक्षक नियुक्ति गर्नुका साथै बैंकको सहायक कम्पनी ज्योति क्यापिटल लिमिटेडको आर्थिक वर्ष २०८०/८१ को वित्तीय विवरणसहितको बैंकको एकीकृत वित्तीय विवरणउपर छलफल गरी पारित गरेको छ।

साधारण सभामा बैंकका अध्यक्ष खड्काले वार्षिक प्रतिवेदन संक्षेपमा प्रस्तुत गरेका थिए। यसैगरी साधारण सभामा बैंकका प्रमुख कार्यकारी अधिकृत कपिल ढकालले समीक्षाधीन अवधिमा बैंकले हासिल गरेका मुख्य उपलब्धिहरूको जानकारी गराएका थिए।

आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदनमा विभिन्न शेयरधनीहरूले आ–आफ्ना जिज्ञासा र सुझावहरू व्यक्त गरेका थिए। शेयरधनीहरूबाट आएका जिज्ञासाको जवाफ अध्यक्ष खड्का र प्रमुख कार्यकारी अधिकृत ढकालले दिएका थिए।

यसका साथै सभा सम्पन्न भएपश्चात् बसेको सञ्चालक समितिको बैठकले संस्थापक शेयरधनी समूहका तर्फबाट सञ्चालकमा निर्विरोध निर्वाचित हरिचन्द्र खड्कालाई सर्वसम्मत रूपमा अध्यक्ष चयन गर्ने निर्णय गरेको छ। खड्का बैंकको निवर्तमान सञ्चालक समितिमा समेत अध्यक्षको भूमिकामा रहेका थिए।

ज्योति विकास बैंकको हालको चुक्ता पुँजी ४ अर्ब ३९ करोड ५७ लाख ८५ हजार रूपैयाँ रहेको छ। ज्योति विकास बैंकले उपत्यका र उपत्यकाबाहिर गरी हाल १२१ शाखा कार्यालय, ३ विस्तारित काउन्टर तथा ७५ वटा एटीएममार्फत बैंकिङ सेवा उपलब्ध गराउँदै आइरहेको छ ।

prabhu mahalaxmi
kumari