stcnepal long ad
ime life insurance
national life
global ime bank long

भवनहरुको नक्सा स्वीकृत गर्न विद्युतीय प्रणाली मात्र कार्यान्वयनमा ल्याउन सहरी व्यवस्थापन विभागलाई कार्यवाहक प्रमुख डंगोलबाट निर्देशन

भवन निर्माण र नक्सा स्वीकृत गरिने प्रणालीका विषयमा छलफल

prabhu mahalaxmi
IME Lifesidebar
Nimb long ad

काठमाडौँ । भवन नक्सा स्वीकृत गर्ने प्रणालीलाई विद्युतीय माध्यमबाट मात्र सञ्चालन गर्ने व्यवस्था मिलाउन महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले सहरी व्यवस्थापन विभागलाई निर्देशन दिनुभएको छ ।

विभागका प्रमुख हरिश्चन्द्र लामिछानेसहित अधिकारीहरुसँग भवन निर्माणको गति, नक्सा स्वीकृत गर्ने प्रणाली, निर्माण सम्पन्नताको प्रमाण पत्र जारी, निर्णायकहरुबाट हुने भवन नक्सा स्वीकृतीको प्रक्रियाका बारेमा जानकारी लिँदै भवनको नक्सा स्वीकृत गर्ने प्रणालीबाट हार्ड कपीसहितको फाइल विस्थापन गर्न भन्नुभएको हो ।

‘डिजिटल कपी र हार्ड कपी दुवै प्रयोग हुँदा कार्य प्रणालीमा विकृति आउने साना बाटाहरु रहने भए । दुईमध्ये कुन आधिकारिक भन्ने विषयमा प्रश्न आउने भयो ।’ उहाँले भन्नुभयो, ‘विद्युतीय नक्सा पास प्रणालीलाई हामीले पूर्ण कार्यान्वयनमा ल्याएका छौँ भने हार्ड कपी विस्थापन गरौँ । विवरण सुरक्षाका लागि हार्डकपी चाहिने हो भने, स्वीकृत भएको फाइल प्रिन्ट गरेर सुरक्षा गरौँ ।’

त्यस क्रममा विभागका प्रमुख हरिश्चन्द्र लामिछानेले, इबिपिएस (इलेक्ट्रोनिक विल्डिङ् परमिट सिस्टम) मा आधारित नक्सा स्वीकृत प्रणालीमा आधारित सेवा दिन सकिने अवस्था रहेको उल्लेख गर्नुभयो ।

लामिछानेका  अनुसार चालु  आर्थिक वर्षका यस अवधिमा ४७८ वटा भवन नक्सा स्वीकृत भएका छन् । तला थप गर्ने १५ वटा नक्सा स्वीकृत भएका छन् । १ हजार ५९ वटाको निर्माण सम्पन्न प्रमाण पत्र जारी गरिएको छ । १०२ वटा भवनको नक्सा नामसारी गरिएको छ ।

आर्थिक वर्ष २०८०/०८१ मा १ हजार ३२० वटा भवनको नक्सा स्वीकृत भएको थियो । ६६ वटाको तला थप गर्ने नक्सा स्वीकृत भएको थियो । ३ हजार ७४५ वटाको निर्माण सम्पन्न प्रमाण पत्र जारी भएको थियो । यस्तै १५५ वटाको नक्सा नामसारी भएको थियो ।

५ हजार वर्गफुटसम्म क्षेत्रफल भएका भवनको अस्थायी नक्सा स्वीकृत (डिपिसीसम्मको)नक्सा वडाबाटै स्वीकृत हुन्छ । भवनको माथिल्लो भागको स्वीकृति केन्द्रबाट हुन्छ । १० हजार वर्गफुटभन्दा माथि क्षेत्रफल भएका भवनको नक्सा स्वीकृत गर्न प्राविधिक निर्णायक मण्डलको मूल्याङ्कन बमोजिम हुने गरेको छ ।

prabhu mahalaxmi
kumari