stcnepal long ad
ime life insurance
national life
global ime bank long

नेपाल मुद्रा विप्रेषक संघमा रितेश मित्तलको नेतृत्वमा नयाँ समिति चयन

prabhu mahalaxmi
IME Lifesidebar
Nimb long ad

काठमाडौं ।  नेपाल मुद्रा  विप्रेषक संघको  १९औं वार्षिक साधारणले नयाँ कार्यसमिति चयन गरेको छ । संघको सम्पन्न १९औं सभाले रितेश मित्तल (नेपाल रेमिट ईन्टरनेशनल प्रा.लि.) लाई सर्वसम्मत रुपमा अध्यक्षमा मनोनित गरेको छ ।

यस्तै उपाध्यक्षमामा सञ्जय सिग्देल (सूर्य रेमिट प्रा.लि.), महासचिवमा दिवाकर पौडेल (आर्र्इएमइ लिमिटेड), कोषाध्यक्षमा संजिव कुमार पाठक (ए.टि. टि. रेमिट प्रा. लि.) सचिवमा रामेश्वर सापकोटा (प्रभू मनिट्रान्स्फर प्रा.लि.) कार्यसमिति सदस्यहरुमा विमल महत (सिद्धार्थ बैंक लि.) श्याम प्रसाद लामिछाने (ग्लोबल आईएमई बैंक लि.) मधुसुदन न्यौपाने (प्रभू बैंक लि.) र सुदन सिं सिलवाल (युनाईटेड रेमिट प्रा.लि.) सर्वसम्मत रुपमा चयन भएका छन् ।

संघको विधानत अध्यक्षबाट मनोनित हुने सदस्यहरुमध्ये १ जनालाई आगामि कार्यसमिति बैठकमा छलफल गरी मनोनित गर्ने गरी निर्णग गरिएको छ ।

कार्यक्रममा नव निर्वाचित अध्यक्ष रितेश मित्तलले नेपालमा रेमिट्यान्स क्षेत्रलाई संस्थागत गर्दे विस्तारित र मर्यादित उद्योगको रुपमा विकास गर्दे लैजाने र सम्पुर्ण रेमिट्यान्स कम्पनीहरुको संस्थागत हितको लागि कामगर्ने प्रतिबद्धता ब्यक्त गरे ।

उनले रेमिट्यान्स व्यबसायलाई अझ ब्यवस्थित र प्रविधिमैत्रि बनाउन आफू लागी पर्ने प्रतिबद्धता जनाए ।

prabhu mahalaxmi
kumari