stcnepal long ad
ime life insurance
global ime bank long

एमाले केन्द्रीय समिति बैठक आज आइतबारदेखि बस्दै

प्रत्येक केन्द्रीय सदस्यलाई बोल्न दिने तयारी

prabhu mahalaxmi
IME Lifesidebar
Nimb long ad

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय समिति बैठक आज आइतबारदेखि शुरू हुँदैछ । पार्टी केन्द्रीय कार्यालय च्यासल, ललितपुरमा बिहान ११ बजेदेखि शुरू हुने बैठकमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नेछन् ।

यसअघि प्रतिवेदनमाथि समूहगत छलफल हुने गरेकोमा यसपटक भने प्रत्येक केन्द्रीय सदस्यलाई बेग्लाबेग्लै धारणा राख्ने व्यवस्था मिलाइएको पार्टी उपाध्यक्ष सुरेन्द्र पाण्डेले जानकारी दिए । प्रत्येक सदस्यलाई करिब तीन मिनेटको समय उपलब्ध गराउने तयारी गरिएको छ ।

बैठकको प्रारम्भमा अध्यक्ष ओलीले पछिल्लो राष्ट्रिय राजनीतिक परिस्थितिका बारेमा जानकारी दिँदै प्रतिवेदन पेस गर्नेछन् ।

उक्त राजनीतिक प्रतिवेदनमा आगामी कार्ययोजना, पार्टी सङ्गठन सुदृढीकरण, वर्तमान सरकार गठन, यसअघिका सरकारमा साझेदारी, सरकारका प्राथमिकता, संविधान संशोधन, आर्थिक सुधार, सहकारीलगायत विषय समेटिएका उपाध्यक्ष पाण्डेले बताए ।

बैठकमा केन्द्रीय सदस्य र आयोगका प्रमुखलगायत सहभागी हुनेछन् । दुई दिनभित्र बैठक सक्ने तयारी छ । यही पुस १८ गते एमाले सचिवालय बैठकले केन्द्रीय समिति बैठकमा प्रस्तुत हुने राजनीतिक प्रतिवेदन पारित गरेको थियो ।

अध्यक्ष ओली नेतृत्वमा सरकार गठन भएपछि पहिलो पटक केन्द्रीय समिति बैठक बस्न लागेको हो । संसद्को हिउँदे अधिवेशनको पूर्वसन्ध्यामा बस्न लागेको बैठकले संविधान संशोधन लगायतका ‘एजेन्डा’मा ठोस धारणा तय गर्ने बताइएको छ ।

prabhu mahalaxmi
kumari