citizens life insurance long ad
stcnepal long ad

नेशनल लाइफ इन्स्योरेन्सका ९५ जना अभिकर्ता एमडीआरटी लक्ष्य प्राप्त गर्न सफल

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । अभिकर्ताहरुको अन्तरराष्ट्रिय संस्था मिलियन डलर राउण्ड टेबल (एमडीआरटी) ले नेपालका लागि सन् २०२४ मा गरेको व्यवसायका आधारमा तोकिएको वार्षिक लक्ष्य पुरा गरी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका एक सय जनाले एमडीआरटी लक्ष्य पुरा गर्न सफल भएका छन् ।

यस अवधिमा कम्पनीका हजारौ अभिकर्ताहरुमध्ये दुई जना टीओटी, तीन जना सीओटी र ९५ जना एमडीआरटीको लक्ष्य प्राप्त गर्न सफल भएका छन् ।

नेशनल लाइफ इन्स्योरेन्सको चार दशकको इतिहासमा प्रथम पटक दुई जना अभिकर्ताहरुले सन २०२५ कोे टीओटी लक्ष्य प्राप्त गर्न सफल भएका छन् ।

नेशनल लाइफ इन्स्योरेन्समा आबद्ध भई बीमा व्यवसाय सञ्चालन गरिरहेका हजारौं अभिकर्तामध्ये बुटवल शाखा कार्यालयमा आवद्ध बिमल न्यौपाने र कम्पनीको नारायण चौर शाखाकी शशीकला तामाङ सन् २०२५ को टीओटी बन्न सफल भएका छन् ।

साथै, जीवन कुमार खत्री, शर्मिला अर्याल पाण्डे र प्रकाश श्रेष्ठले सीओटी लक्ष्य प्राप्त गर्न सफल भएका छन् ।

अभिकर्ताहरुले गरेको अथक प्रयास र मिहिनेतले यो लक्ष्य प्राप्त गर्न सफल भएका हुन् । सन् २०२५ को लागि नेशनल लाइफ इन्स्योरेन्सबाट ९५ जना अभिकर्ताहरु एमडीआरटी लक्ष्य प्राप्त गर्न सफल भएका छन् ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीले एमडीआरटी, सीओटी र टीओटी लक्ष्य प्राप्त गर्न सफल भएका सम्पूर्ण अभिकर्ताहरुलाई धन्यवाद तथा बधान ज्ञापन गरेका छन् ।

साथै उनले आफ्ना अभिकर्ताहरुलाई सधै एमडीआरटी लक्ष्य प्राप्त गर्न आग्रह गर्नुका साथै एमडीआरटी लक्ष्य प्राप्त गर्ने सोच बनाएर बीमा व्यवसाय गर्दा प्रोफेशन अभिकर्ता बन्ने बताए ।

IME Life
kumari