stcnepal long ad
shangrila development bank Long Ad
nabil bank
macchha(MBL)

‘गरिमा समृद्धि योजना’ का इकाइहरू बाँडफाँट

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । गरिमा क्यापिटल लिमिटेडको योजना व्यवस्थापन तथा गरिमा विकास बैंक लिमिटेडको कोष प्रवर्द्धनमा रहेको गरिमा म्युचुअल फण्डअन्तर्गत ‘गरिमा समृद्धि योजना’ बन्दमुखी योजनाका इकाइहरूको बाँडफाँट सम्पन्न भएको छ ।

बीज पुँजी सहित अंकित मूल्य १० रूपैयाँ दरका १० करोड इकाइहरू माघ ७ गतेदेखि ११ गतेसम्म सार्वजनिक निष्कासन तथा बिक्री खुल्ला गरिएका थियो ।

उक्त अवधिभर रितपूर्वक आवेदन दिएका ९४,६८१ जना आवेदकहरू मार्फत १२,१८,७८,५१० इकाइका लागि आवेदन परेकामा निष्कासन गरिएको इकाइभन्दा अधिक इकाइका लागि आवेदन परेको थियो ।

विद्यमान सामूहिक लगानी कोष निर्देशिका, २०६९ मा भएको व्यवस्था बमोजिम योजनाको आकारको अधिकतम २५ प्रतिशतसम्मको इकाइ बाँडफाँट गर्न सकिने हुँदा सोअनुसार बाँडफाँट गरिएको हो ।

इकाइ खरिदका लागि रितपूर्वक आवेदन दिएका सम्पूर्ण आवेदकहरूलाई धितोपत्र निष्कासन तथा बाँडफाँट निर्देशिका, २०७४ को अधीनमा रही पुस १८ गते बिहीबार बाँडफाट गरिएको हो ।

निष्कासन तथा बिक्री प्रबन्धक एनआईएमबी एस क्यापिटल लिमिटेड, लाजिम्पाट, काठमाडौंमा इकाइ बाँडफाँट गरी बीज पुँजी सहित योजनाको आकार एक अर्ब २५ करोड रूपैयाँ अर्थात् १२ करोड ५० लाख इकाइ कायम गरिएको छ ।

prabhu mahalaxmi
kumari