stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

ललितपुरमा ५ तारे होटल रोयल टुलिपको सुरुवात

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

ललितपुर । ललितपुरमा गुण समूहको ५ तारे होटेल रोयल टुलिप औपचारिक रुपमा सुरुवात भएको छ । बुधबारदेखि १६ रोपनी क्षेत्रफलमा सो होटलको सुरुवात भएको हो ।

गुण समूहको ६ अर्ब लागतमा होटल तयार गरिएको अध्यक्ष राजेन्द्र शाक्यले जानकारी दिए । होटलमा ३०२ कोठा रहेका छन् ।

बुधबार एक कार्यक्रमका बिच राजेन्द्र शाक्य र लुभ्र होटलका निर्देशक एवम् भारतको होटल सरोवरका अध्यक्ष अजयकुमार बकायाबिच सो होटल सञ्चालनका लागि औपचारिक सम्झौता भएको छ।

फ्रान्सको दोस्रो ठूलो अन्तर्राष्ट्रिय चेन होटल रोयल टुलिपसँग व्यवस्थापनको सम्झौता गरी बुधबारदेखि नै म्यासिफ होटल रोयल टुलिपमा रुपान्तरण भएको गुण समूहका अध्यक्ष शाक्यले बताए ।

फ्रान्सको दोस्रो ठूलो अन्तर्राष्ट्रिय चेन भएका कारण रोयल टुलिपसँग व्यवस्थापनको सम्झौता गरेको उनले जानकारी दिए ।

prabhu mahalaxmi
kumari