stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

मेलम्ची खानेपानी आयोजनाको पानी वितरण अवरुद्ध

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । काठमाडौँमा मेलम्ची खानेपानी आयोजनाको पानी वितरण अवरुद्ध भएको छ । मेलम्ची खानेपानी आयोजनाको थोक वितरण प्रणालीको पाइप चुहिन थालेपछि शुक्रबारदेखि पानी वितरण अवरुद्ध भएको हो ।

मेलम्ची खानेपानी आयोजना कार्यान्वयन निर्देशनालयका प्रवक्ता चन्द्रकुमार श्रेष्ठले मेलम्ची खानेपानी आयोजनाको सुन्दरीजलस्थित प्रशोधन केन्द्रबाट काठमाडौँ ल्याइने पानीको थोक प्रणालीको पाइप मर्मत भइरहेको हुनाले पानी वितरण अवरुद्ध भएको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘‘चाबहिलको चुच्चेपाटीस्थित आयोजनाको थोक वितरण प्रणालीको एक हजार चार सय एमएमको फुटेको पाइप मर्मत गर्नु परेकाले केही दिनका लागि पानी वितरण अवरुद्ध भएको हो । केही दिनभित्र पानी वितरण पुनः सञ्चालन हुने छ ।’’

चुच्चेपाटी क्षेत्रमा खानेपानीको सहायक पाइप बिछ्याउने क्रममा मुख्य पाइप नै फुटेको पाइएको बताउँदै प्रवक्ता श्रेष्ठले मर्मतका लागि सडक नै खन्नुपर्ने भएकाले पानी पुनः सञ्चालनमा केही ढिलाइ भएको स्पष्ट पार्नुभयो । उहाँका अनुसार पाइप फुटेपछि सुन्दरीजल प्रशोधन केन्द्रबाट नै वितरण प्रणालीमा पानी छोडिएको छैन ।

काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) का प्रवक्ता प्रकाशकुमार राईले मेलम्चीको पानी काठमाडौँ भित्रिने मुख्य द्वारका रूपमा रहेको चुच्चेपाटी क्षेत्रको पाइप फुटेपछि पानी वितरण अवरुद्ध भएको बताउँदै छिट्टै नै पानी वितरण पुनः सञ्चालन गर्न द्रुत गतिमा पाइप मर्मतको काम भइरहेको जानकारी दिनुभयो ।

prabhu mahalaxmi
kumari